मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

इरान–इजरायल युद्ध

इरान–इजरायल युद्धमा होमियो अमेरिका, इरानका तीन आणविक केन्द्रमा गर्यो बम आक्रमण 

इरान–इजरायल युद्धमा होमियो अमेरिका, इरानका तीन आणविक केन्द्रमा गर्यो बम आक्रमण 

इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिका पनि इरानविरुद्धको आक्रमणमा उत्रिएको हो ।

आइतबार, असार ८ २०८२
आइतबार, असार ८ २०८२
  • काठमाडौं । अमेरिकाले इरानका तीन वटा आणविक केन्द्रमा बमबारी गरेको छ । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल टुर्थ सोसलमार्फत इरानको तीन वटा आणविक केन्द्रमा आक्रमण गरेको जानकारी दिएका छन् । 

    अमेरिकाले फोर्दो, नतांज र इस्फहानमा आक्रमण गरेको हो। उनले सबै अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिएको र सुरक्षित रूपमा घर फर्किरहेको बताएका छन्। डोनाल्ड ट्रम्पले इरानमा गरिएको सफल सैनिक अभियानबारे राष्ट्रलाई सम्बोधन गर्ने बताएका छन्।

    उनले फोर्दोमा बमको पूरै पलोड खसाइएको बताएका छन् । इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिसकेका जानकारी पनि उनले दिएका छन् ।

    इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिका पनि इरानविरुद्धको आक्रमणमा उत्रिएको हो ।

    इजरायलले इरानविरुद्ध १३ जुनदेखि आत्रमण सुरु गरेको थियो ।  अहिलेसम्म १० इरानी न्युक्लियर वैज्ञानिक, सेनाका तीन कमाण्डर र ४ जवानको हत्या गरिसकेको इजरायलले जनाएको छ ।

    अमेरिका स्थित ह्युमन राइट्स एक्टिविस्ट न्युज एजेन्सीका अनुसार १३ जुनदेखि अहिलेसम्म इरानमा ६५७ जनाको मृत्यु भइसकेको र २००० बढी घाइते भएका छन् । इरानको स्वास्थ्य मन्त्रालयले भने ४३० जना नागरिक मारिएको ३ हजार ५०० बढी घाइते भएको पुष्टि गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार