मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

इजरायल–इरान युद्ध

यी हुन् अमेरिकाले बस्टर बम खसालेर ध्वस्त पारेको दाबी गरेका इरानका तीन बहुचर्चित परमाणु उर्जा केन्द्र 

यी हुन् अमेरिकाले बस्टर बम खसालेर ध्वस्त पारेको दाबी गरेका इरानका तीन बहुचर्चित परमाणु उर्जा केन्द्र 

इरानले आफ्नो आणविक कार्यक्रमलाई कहिल्यै नरोक्ने बताएको छ भने अन्तर्राष्ट्रिय समुदायलाई इरानको समर्थन गर्न र अमेरिकी आक्रणको निन्दा गर्न आह्वान गरेको

आइतबार, असार ८ २०८२
आइतबार, असार ८ २०८२
  • काठमाडौं । यही जुन १३ को मध्यरातीमा इजरायलले इरानमाथि हवाई र ड्रोन माअक्रमण गरेपछि दुई देशबीच युद्ध चर्किएको छ । दुई देशबीच लगातार मिसाइल आक्रमण भैरहँदा आफूलाई संसारकै शक्तिशाली ठान्ने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु हतियार नष्ट गर्न वार्ताका लागि तयार हुन धम्की दिइरहेका छन् । 

    इजरायलले आक्रमण जारी राखेको अवस्थामा आफूहरु वार्तामा नबस्ने भन्दै इरानले पनि इजरायलको जवाफ दिइरहेको छ । ट्रम्पले भने निरन्तर रुपमा टेलिफोन र सामाजिक सञ्जालमार्फत् इरानलाई वार्ताका लागि तयार रहन धम्की दिइरुहेका थिए । 

    केही दिन अघि उनले सबैलाई इरानको राजधानी तेहरान खाली गर्न चेतावनी दिएको थिए । उनको यस्तो चेतावनीकाबीच अमेरिकाले पनि इरानमाथि आक्रण गर्ने आशंका गरिएको थियो । नभन्दै ट्रम्पले गए राती इरानका फेर्दासहित तीन वटै आणविक केन्द्रमा बमवर्षा गराएका छन् । 

    1750556446-6xbr0.jpg
    बस्टर बमसहित इरानको आणविक केन्द्रमा आक्रमण गर्न प्रयोग गरिएको अमेरिकी लडाकु विमान  : सांकेतिक तस्बीर 

    अमेरिकाले परमाणु उर्जा केन्द्रमा आक्रमण गरेपछि इरानी आणविक उर्जा संगठनले अमेरिकाले हिंस्रक आक्रमण गरेको भन्दै निन्दा गरेको छ । अमेरिकाले अन्तर्राष्ट्रिय कानूनको खुल्ला उल्लंघन गरेको इरानले बताएको छ ।

    इरानी सञ्चार माध्यमका अनुसार इरानले आफ्नो आणविक कार्यक्रमलाई कहिल्यै नरोक्ने बताएको छ भने अन्तर्राष्ट्रिय समुदायलाई इरानको समर्थन गर्न र अमेरिकी आक्रणको निन्दा गर्न आह्वान गरेको छ ।

    इरान–इजरायल युद्ध चर्किरहेका बेला इरानको आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेसँगै दुई देशबीचको युद्धले नयाँ मोड लिने संकेत गरेको छ भने मध्यपूर्वमा तनाव चुलिएको छ । 

    ९ दिनदेखि जारी इजरायल–इरान युद्धहुनुको मुख्यकारण मानिएको इरानका तीनवटा प्रमाणु उर्जा केन्द्र निकै चर्चामा छन् । पटक–पटक इजरायल मिसाईल प्रहार गरिएका ति प्रमाणु केन्द्रलाई ध्वस्त गर्ने क्षमता अमेरिकासंग मात्रै रहेको छ ।

    हिजो मात्रै अमेरिकाले ती तीन केन्द्रहरूलाई ध्वस्त गर्न बस्टर बम खसालेको छ । अमेरिकाले बस्टर बम खसालेका इरानका  प्रमाणु केन्द्र (जसको बारेमा निकै कम जानिकारी छ) नतान्ज , फेर्दो र स्फहानको बारेमा प्रस्तुत गरेका छौँ ।

    नतान्ज 

    जारी इजरायल–इरान युद्धमा इजरायलले पटक–पटक नतान्जमा हमला गर्‍यो । अझ भर्खरै अमेरिकाले बस्टर बमबाट ध्वस्त गरेको भनेर दाबी गरिएको छ । तर के कति क्षति भयो आधिकारिक पुष्टि हुन भने बाँकी रहेको छ । इरानको नतान्ज Natanj प्रमाणु केन्द्र इरानको राजधानी तेहरान भन्दा २ सय किलोमिटर दक्षिणमा अवस्थित रहेको छ ।  यो ४०–६० मिटर गहिराईमा अवस्थित रहेको भनिन्छ । यस प्रमाणु केन्द्रको खुलासा सन् २००२ मा भएको थियो ।

    विश्लेषकहरूका अनुसार यहाँ युरेनियम प्रशोधनका लागि प्रयोग हुने केन्द्रवर्ती मेसिनहरू (centrifuge) तयार पार्ने र असेंबल गर्ने काम हुन्छ, जुन प्रविधिले युरेनियमलाई आणविक इन्धनमा रूपान्तरण गर्छ।

    यहाँ इरानले युरेनियमलाई ६० प्रतिशत शुद्धतासम्म प्रशोधित गरिरहेको थियो । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) का अनुसार हतियारमा प्रयोग हुने युरेनियमलाई ९० प्रतिशत शुद्धतासम्म प्रशोधित गर्नुपर्ने हुन्छ ।

    684d97a93d5881a51c1b71b4.jpg
     तान्जान आणविक केन्द्र

    फेर्दो 

    अति गोप्य र कडा सुरक्षा व्यवस्था गरिएको मानीएको फेर्दो आणविक केन्द्रको बारेमा उति जानकारी उपलब्ध छैन ।  यद्यपि यो इरानको पवित्र शहर कुमका पहाडहरूको विचमा अवस्थित छ ।

    फेर्दोको मुख्य स्थान जमिनको सतहबाट लगभग ८० देखि ९० मिटर (२६२ देखि २९५ फिट) गहिराइमा रहेको अनुमान गरिएको छ । ८०–९० मिटर गहिराईमा रहेकैकारण इजरायलको हवाई आक्रमणबाट यो केन्द्रलाई नष्ट गर्न निकै कठिन छ । यसलाई नष्ट गर्न सक्ने बम बस्टर बम अमेरिकासँग मात्रै रहेको छ ।

    सिएनएनले उल्लेख गरे अनुसा IAEA (International Atomic Energy Agency) रिपोर्टअनुसार, इरानले ६०% शुद्धतासम्म युरेनियम प्रशोधन गर्ने काम फोर्दो इन्धन प्रशोधन केन्द्र (Fordow Fuel Enrichment Plant) मा तीव्र बनाएको छ। विशेषज्ञ र IAEA का अनुसार, अहिले यो सुविधामा २७ हजार वटा सेन्ट्रीफ्युज मेसिनहरू (centrifuges) रहेका छन् ।

    2025-06-16T073738Z_1075930425_RC282FADPLSW_RTRMADP_3_IRAN-NUCLEAR-SITES-1024x641.jpg
     फेर्दाे आणविक केन्द्र


    इस्फहान

    इस्फहान इरानको केन्द्रीय भागमा अवस्थित शहर हो र यो देशको सबैभन्दा ठूलो आणविक अनुसन्धान केन्द्रका रूपमा रहेको छ । सिएनेनका अनुसार यो प्रमाणु अनुसन्धान केन्द्र सु चीनको सहयोगमा निर्माण भएको थियो । यो सन् १९८४ मा सञ्चालनमा आएको हो।

    इस्फहानमा करिब तीन हजार वैज्ञानिकहरू कार्यरत छन् र यो स्थानलाई इरानको आणविक कार्यक्रमको मुख्य केन्द्र भएको अनुमान गरिएको छ। यस केन्द्रमा चीनबाट उपलब्ध तीनवटा साना अनुसन्धान रिएक्टरहरू सञ्चालनमा छन् । जहाँ  एक रूपान्तरण केन्द्र, इन्धन उत्पादन केन्द्र र जिरकोनियम आवरण उत्पादन केन्द्र लगायत  अन्य थुप्रै प्रयोगशालाहरू तथा सुविधाहरू पनि सञ्चालनमा रहेका छन् ।

    684ddb37f748d8c055f3b9ec.webp
     स्तफाहन आणविक केन्द्र

    (सिएनएनसहित विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार