मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

यू– १६ क्रिकेट टिमलाई राष्ट्रपतिद्धारा बधाई

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल हो : राष्ट्रपति पौडेल

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल हो : राष्ट्रपति पौडेल

परम्परागत खेललाई पुरष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सके यसको इज्जत र प्रतिष्ठा बढाउन सकिने बताए ।

सोमबार, असार २३ २०८२
सोमबार, असार २३ २०८२
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले क्रिकेटमा भएको सफलता खेलाडीको समर्पण लगाव र मेहनतको प्रतिफल भएको बताएका छन्।

    एसीसी यु– १६ जोन कप क्रिकेट प्रतियोगिताको विजेता टोलीलाई आज शीतल निवासमा बोलाएर बधाई दिँदै राष्ट्रपति पौडेलले नेपालले क्रिकेट क्षेत्रमा हात पारेको सफलता खेलाडीहरूको समर्पण, लगाव र मेहनतको प्रतिफल भएको बताएका हुन् ।

    सिङ्गापुरमा भएको फाइनलमा एफसीसी युरो– १६ इस्ट कप क्रिकेट प्रतियोगिताको उपाधि जितेर मुलुकको प्रतिष्ठा उच्च बनाएको भन्दै यसले नेपाल र नेपालीको इज्जत प्रतिष्ठा बढाएको र राष्ट्रपति पौडेलको भनाइ रहेको छ।

    राष्ट्रपति पौडेलले हाम्रो परम्परागत खेललाई पुरष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सके यसको इज्जत र प्रतिष्ठा बढाउन सकिने बताए ।

    देशभित्रै खेलकुदका लागि आवश्यक पूर्वाधार र प्रतियोगिता प्रशिक्षण बढाएर देशविदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादनमा हामी सबैको ध्यान जान आवश्यक रहेको राष्ट्रपति पौडेलले बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार