कमरेड आजादको जीवन यात्रा
१९५४ मे १४ : आन्ध्र प्रदेशको कृष्णा जिल्लाको एक धनी किसान परिवारमा जन्म ।
१९७२ : सीपीआई (एम–एल) सँग सम्पर्कमा आए र पार्टी सदस्य बने ।
१९७५ : रेडिकल विद्यार्थी युनियनको गठनमा सक्रिय भूमिका खेले । आरएसयुको बारङ्गल जिल्ला अध्यक्षमा निर्वाचित ।
१९७६ : मिसा एमआईएसए अन्तर्गत गिरफ्तार र ६ महिना जेल ।
१९७७ : पार्टीको आवश्यकता अनुसार विशाखापट्टनममा स्थानान्तरण गरियो । एम. टेकको अध्यायन र जिल्ला पार्टी कमिटी सदस्यमा निर्वाचित ।
१९७८ : रेडिकल विद्यार्थी संघको राज्य अध्यक्षको रूपमा निर्वाचित ।
१९७९ : विशाखापट्टनममा राष्ट्रिय सुरक्षा अधिनियम अन्तर्गत गिरफ्तार ।
१९८१ : मद्रास (अहिले चेन्नई) मा राष्ट्रियता प्रश्नमा सेमिनार सञ्चालन गर्न मुख्य भूमिका खेले ।
१९८३ : कर्नाटक राज्यमा स्थानान्तरण ।
१९८५ : एआईआरएसएफ अखिल भारतीय क्रान्तिकारी विद्यार्थी परिषदको गठन र मार्गदर्शनमा प्रमुख भूमिका ।
१९८७–९३ : कर्नाटक राज्य समितिका प्रथम सचिव ।
१९९० : केन्द्रीय प्लेनम द्वारा सीओसीको लागि निर्वाचित ।
१९९५–०१ : सचिवालय सदस्यको रूपमा काम गरे ।
२००१ : पहिलेको सीपीआई (एमएल) ‘जनयुद्ध’ को ९ औं कांग्रेसद्वारा सीसीको लागि निर्वाचित साथै, पोलिटब्युरोमा निर्वाचित ।
२००१–०७ : आन्ध्रप्रदेश राज्य समितिको सीसी इन्चार्जको रूपमा काम गरे ।
२००४ : पार्टी एकताका लागि महत्वपूर्ण भूमिका । भाकपा (माओवादी) गठन भएपछि एकीकृत सीसी र पीबीमा निर्वाचित ।
२००७ : ९ औँ एकता महाधिवेसनबाट सीसी को लागि निर्वाचित ।
२००१–१० : पोलिटब्युरोमा १० वर्षसम्म काम गरे ।
२००७–१० : सहरी उपसमिति इन्चार्ज र पार्टी प्रवक्ताको जिम्मेवारीमा – आजाद
१९९०–२०१० : १० वर्षसम्म सीसीएममका रूपमा काम गरे ।
२०१० जुलाई १ : आदिलाबादको जङ्गलमा सहीद भए ।
कमरेड आजादको पारिवारिक पृष्ठभूमी
भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता चेरुकुरी राजकुमार आजादको जन्म भारतको आन्ध्र प्रदेश स्थित कृष्णा जिल्लामा १८ मे १९५४ मा भएको थियो । बुबा लक्ष्मय्या चौधरी र आमा करुणाका पाँच सन्तानमध्ये आजाद माईला सन्तान थिए । जसमा आजादका एक दाजु, दुई भाइ र एक बहिनी रहेका छन् । आजादका जेठा दाजु भारतीय सेनमा कार्यरत थिए । उनी भारतीय सेनाको कर्णेलका रूपमा सेवानिवृत भएका थिए । आजाद पछाडिका दुवै भाइ डाक्टर थिए । आजादका पुर्खाहरू कृष्णा जिल्लाको पामिदिमुक्कला मण्डलको पेणुमथ्सा गाउँमा बस्दथे । उनका हजुबुबाको जागिरको सिलसिलामा उनको परिवार नजुबिडु बसाईसर्यो र त्यहीँ बस्न थाल्यो । आजादका बुबाले केही समय भारतीय सेनामा सेवा गरेका थिए । पछि उनले आफू बसेको नजिबिडुमा एक होटेल सञ्चालन गरेका गरे । त्यसपछी उनीहरूको परिवार हैदराबाद बसाई सर्यो। त्यहाँ पनि आजादका बुबाले होटेल सञ्चालन गरे ।
सुरुदेखी नै मेधावी विद्यार्थीका रूपमा रहेका चेरुकुरी राजकुमार आजादको जन्म एक मध्यम वर्गीय किसान परिवारमा भएको थियो भने उनको परिवार शिक्षित परिवार थियो । आजादले आफ्नो प्रथमिक शिक्षा हैदरावादको कोभेंन्टबाट पूरा गरे । त्यसपछि उनी बिजियनगरमको कोरुकोण्डा सैनिक स्कुलमा भर्ना भए । त्यहाँबाट उनले आफ्नो माध्यामिक शिक्षा पूरा गरे । खेलमा रुचि राख्ने आजाद पढाईका भने सौखिन थिए । उनको साहित्यमा औधी रुचि थियो । उनी स्कुले दिनहरूदेखी नै साथिभाई र शिक्षक संग निकै प्रेम गर्दथे ।
महान् क्रान्तिकारी जीवनको पहिलो पाईला
सन् १९७२ मा आजादको जुझारू, क्रान्तिकारी र गतिशील जीवनको सुरुवात भएको थियो । त्यसै वर्ष उनले बारङ्गलको क्षेत्रीय इन्जिनिरिङ कलेज (आरईसी) बीटेकमा भर्ना गरि कलेज जीवनमा प्रवेश गरे । सन १९७० र १९८० को दशक बारङ्गल आरईसी नक्सलबादी राजनीतिको एउटा गढ जस्तै थियो । पहिले देखि नै लेख्न पढ्नका शौखिन आजादले समसामयिक समाजिक र राजनीतिक मुद्दाहरूमा सोच्न सुरु गरे । ती दिनहरूमा उनले बारङ्गलका भित्ताहरूमा ‘सामान्तवादको अन्त्य’, ‘साम्राज्यवादको अन्त्य’, ‘नयाँ प्रजातान्त्रिक क्रान्ती अमर रहोस’, ‘आउनुहोस बारङ्गललाई दोस्रो श्रीकाकुलममा बदलौँ’ जस्ता नाराहरू देखे र उनी ती नाराहरूबाट निकै प्रभावित भए । उनी पहिलेदेखी नै श्रीकाकुलमको आदोलनदेखि निकै प्रभावि थिए र त्यसप्रति साहानुभूती राख्दथे ।
आजाद सुरापनेनी जनार्दनको प्रेरणामा क्रान्तिकारी आन्दोलनमा प्रवेश गरे । पछाडी सुरापानेनी जनार्दन प्रतिबन्धका अँध्यारा दिनमा गिरयिपल्ली जङ्गलमा एक तथाकथित इन्काउन्टरमा अन्य तीनजना विद्यार्थीहरू सँगै सहिद भए । त्यतिबेला कमरेड जनार्दन आरइसिका प्रसिद्ध क्रान्तिकारी विद्यार्थीका नेता थिए । उनी तिनिहरूको आँखाको तारो जस्तै थिए । आजाद राती उनको होस्टेलको कोठामा गएर उनिसँग क्रान्तिकारी राजनीतिको चर्चा गर्थे । अनेकौं चरणका छलफल आफ्नै अध्ययनको फलस्वरूप उनले पुर्णरूपमा आफैलाई क्रान्तिकारी राजनीतिमा समर्पित गरे ।
सन् १९७२ मा आजादको जुझारू, क्रान्तिकारी र गतिशील जीवनको सुरुवात भएको थियो । त्यसै वर्ष उनले बारङ्गलको क्षेत्रीय इन्जिनिरिङ कलेज (आरईसी) बीटेकमा भर्ना गरि कलेज जीवनमा प्रवेश गरे । सन १९७० र १९८० को दशक बारङ्गल आरईसी नक्सलबादी राजनीतिको एउटा गढ जस्तै थियो । पहिले देखि नै लेख्न पढ्नका शौखिन आजादले समसामयिक समाजिक र राजनीतिक मुद्दाहरूमा सोच्न सुरु गरे ।
सन् १९७४ मा यस कलेजका विद्यार्थीहरुले आन्ध्र प्रदेश रेडिकल विद्यार्थी संघ (एपिआरएसयु) को गठनका लागि महत्वपूर्ण भूमिका निभाएका थिए । यो कलेजले धेरै क्रान्तिकारी नेता, कार्यकर्ता र सेनालाई जन्मायो । तीनीहरुले आन्ध्र प्रदेशमा मात्रै नभएर सिंगो भारतभर क्रान्तिकारी आन्दोलनलाई अगाडी बढाउने प्रयास गरे । ती क्रान्तिकारी योद्धाहरूमध्ये धेरैले क्रान्तिकारी आन्दोलनका लागि आफ्नो जीवनको समेत आहुती दिएका थिए ।
सन् १९७५ मा एक इन्काउन्टरको नाममा जनार्दनको हत्या भएपछी त्यस घटनाले आजदलाई निकै दुःखी बनाएको थियो । आजाद यस घटनाबाट विचलित भएनन्, बरू उनले आफ्नो दुःखलाई दृढसंकल्पमा परिणत गरे । आजाद यो शोकलाई शक्तिमा बदल्दै क्रान्तिको मार्गमा अगाडि बढे । एकपटक क्रान्तिको यो मार्गलाई अगाँलीसकेपछी उनी कहिल्यै पछि हटेनन् । त्यसैले होला सन् १९७२ देखि २०१० वर्षम्मको उनको क्रान्तिकारी जीवनको यत्रा कुनै बाधा–व्यावधान र रोकावटबिना निरन्तरतामा अघि बढ्यो ।
नक्सलबारी र श्रीकाकुलमको संघर्षको असफलतापछी तेलङ्गना क्रान्तिकारी क्रियाकलापको केन्द्र बन्यो । पार्टीले पहिलेका प्रयोगहरूको समीक्षा गर्यो र वामपन्थी दुस्साहसवादी र दक्षिणपन्थी अवसरवादी गल्तीहरूबाट शिक्षा लिंदै फेरि काम गर्न सुरु गर्यो । यसरी जतनाहरूसँगको सम्बन्ध विकसित हुन थाल्यो । विभिन्न वर्गका मानिसहरू संगठित हुने प्रक्रिया बढयो । यो जनआन्दोलनको रूपमा संगठित हुन सुरु भयो । जनतामा सही विचार फैलाउने हो भने त्यो व्यवहारमा भौतिक शक्तिमा परिणत हुन्छ भन्ने कुरा पछि आएका आन्दोलनहरूले प्रमाणित गरेका थिए । यस प्रक्रियामा आजादको सामाजिक चेतनाले विद्यार्थीको शक्तिको रूप लियो ।
पछि यो प्रक्रिया अझै उन्नत भयो र भारतीय क्रान्तिकारी आन्दोलनको नेतृत्वमा प्रमुख भूमिका निभायो । नक्सलबारी र श्रीकाकुलम आन्दोलनको असफलताबाट सिकेका पाठका आधारमा पार्टीले फेरि आफूलाई बलियो बनायो र व्यापक जनआधारका साथ साथै व्यापक जनआन्दोलनको विकासमा ध्यान केन्द्रित गर्यो । चेरुकुरी राजकुमार आजाद आफ्नो यसै पहलकदमीका कारण अगाडि आएको पुस्ताको प्रभावकारी प्रतिनिधि थिए ।
बहुआयामिक क्रान्तिकारी व्यक्तित्वको रूपमा आजाद
पार्टी र क्रान्तिकारी आन्दोलनप्रतिको प्रतिबद्धता र समर्पण भाका कारण आजादलाई १९७२ मा नै पार्टीको सदस्यता दिईएको थियो । आजादले वारंगलमा कयौं मुद्धाहरूमा विद्यार्थीहरू परिचालन गरेर आन्दोलन विद्यार्थी आन्दोलन र युवा आन्दोलनको निर्माणमा लागि पहलका साथ काम गरे । उनले कलेजका प्राध्यापकहरू र कर्मचारीहरूका माझमा सम्पर्क विकसित गरे । कलेजका कामदार र कर्मचारीहरूका बीच उनको राम्रो सम्पर्क सम्बन्ध स्थापित रहेको थियो ।
सन् १९७४ मा आजाद रेडिकल विद्यार्थी युनियनको वारंगल जिल्लाको जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । बारङ्गलमा विद्यार्थी आन्दोलनको विकासको दौरानमा गुण्डावादका विरुद्ध संघर्ष गर्नु एक प्रमुख कार्यको रूपमा आगाडी आयो । यसले आरएसएस–एबीभीपी, जिल्ला नेता तथा कांग्रेस विधायक हयग्रीवाचारी, सीपीआई (एम) नेता ओमकार आदिका गुण्डा गिरोहहरूको सामना गर्नुपर्यो । धेरै झडपहरू भए र धेरै विद्यार्थीहरू गिरफ्तार भए । आजादले गिरफ्तार विद्यार्थी नेताहरूलाई रिहाई गराउनका लागि अदालतसँग सम्बन्धित कानुनी कामको कुशलतापुर्वक व्यवस्थापन गरे ।
सन् १९७४ मा आजाद रेडिकल विद्यार्थी युनियनको वारंगल जिल्लाको जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । बारङ्गलमा विद्यार्थी आन्दोलनको विकासको दौरानमा गुण्डावादका विरुद्ध संघर्ष गर्नु एक प्रमुख कार्यको रूपमा आगाडी आयो । यसले आरएसएस–एबीभीपी, जिल्ला नेता तथा कांग्रेस विधायक हयग्रीवाचारी, सीपीआई (एम) नेता ओमकार आदिका गुण्डा गिरोहहरूको सामना गर्नुपर्यो । धेरै झडपहरू भए र धेरै विद्यार्थीहरू गिरफ्तार भए । आजादले गिरफ्तार विद्यार्थी नेताहरूलाई रिहाई गराउनका लागि अदालतसँग सम्बन्धित कानुनी कामको कुशलतापुर्वक व्यवस्थापन गरे ।
सीपी रेड्डी समुहका केही दक्षिणपन्थी अवसरवादीहरूले क्रान्तिकारी विद्यार्थी आन्दोलनमा विभाजानको रेखा कोरे र पीडीएसयु गठन गर्ने चेस्टा गरे । आजाद तीनै आरईका का विद्यार्थीहरूमध्येका त्यस्ता व्यक्ती थिए, जसले आरएसयुलाई वैचारिक राजनैतिकरूपमा पराजित गरेर आन्दोलनलाई बचाउन प्रमुख भूमिका खेलेका थिए । आजादलेसँगै धेरै विद्यार्थीहरूले अन्य विद्यार्थीहरूलाई आफ्नो पक्षमा ल्याउन कडा मेहनत गरे । उनिहरूकै कडा परिश्रमका कारणले नै क्रान्तिकारी विद्यार्थीहरूले सन १९७४ मा अवसरवादीहरूलाई परास्त गरि आरएसयुको स्थापना गर्न सफल भए । त्यसलगत्तै आपतकालको घोषणा गरियो । आजादले आपतकालका विरुद्ध आजादले संयुक्त आन्दोलन गरेकाले दुस्मनले क. आजादलाई निशामा बनाए । इन्दिरा सरकारको फासिवादी सरकारद्वारा आरएसयुमाथि प्रतिबन्ध लगाइयो र सयौं विद्यार्थीहरूलाई गिरफ्तार गरियो । त्यसै अन्तर्गत सरकारले आजादलाई मिसा अन्तर्गत गिरफ्तार गर्यो र ६ महिनाको जेल सजाय दिइयो ।
उमेरका हिसाबले आजाद युवा भएपनी आफ्नो बुद्धि, विविक, धैर्यता, दृढ स्वाभाव, महान पहलकदमीले केवल विद्यार्थीहरूलाई मात्रै प्रभावित गरेको थिएन, उनले त कयौं प्राध्यापक, लेखक र बुद्धिजिविहरूलाई समेत प्रभावित पारेका थिए । त्यतिवेलाका वारङ्गलमा भएका सम्पुर्ण विद्यार्थी आन्दोलमा नेतृत्वदायी भुमिका खेलेका थिए । आजादले आफ्नो विद्यार्थीकालमा साहित्यको व्यापकरूपमा अध्ययन गरेका थिए । साहित्यको अध्ययन गर्नुका साथसाथै उनले साहित्य र संस्कृतिको विकासमा पनि गहिरो रुचि सहित योगदान गरेका थिए ।
त्यतिवेला आजदले सम्पुर्ण साहित्यीक गोष्ठी, भेला लगायतमा सक्रीय भाग लिएका थिए भने आफू भुमिगत भैसकेपछी पनि यी क्षेत्रमा भएका परिवर्तनहरूमा गम्भिरतापुर्वक चासो दिन्थे । भुमिगतकालमा पनि आजाद प्राध्यापक, बुद्धिजिविहरूको सम्पर्कमा हुन्थे र आवश्यक परेका बेला आफ्नो बहुमुल्य सुझाव पनि दिने गर्दथे ।
प्रेरणाकोस्रोत प्रदेश अध्यक्षका रूपमा आजाद
रेडिकल विद्यार्थी युनियनको दोस्रो प्रदेशस्तरिभेला सन १९७८ मा वारङ्गलमा सम्पन्न भएको थियो । प्रदेशको दोस्रो भेलाबाट आजाद प्रदेश अध्यक्षमा चयन भए । आजाद प्रदेश अध्यक्ष चयन भएपछी उनले प्रदेशको क्रान्तिकारी विद्यार्थी आन्दोलनको विकासका साथसाथै भारतका विभिन्न क्षेत्रमा यो आन्दोलनको विस्तार र सुदृढीकरणको समेत जिम्मेवारी लिएका थिए । यसका लागि उनले विभिन्न क्षेत्रमा गोष्ठी– सेमिनार लगायतका कार्यक्रम आयोजना गर्दथे । कमरेड आजादले सन १९८१ मा मद्रास (हाल चेन्नै) मा एक सेमिनार आयोजना गरेका थिए । उक्त सेमिनार राष्ट्रियताको प्रश्न भन्ने विषयमा आयोजना गरिएको थियो । यो सेमिनारलाई सफल बनाउनका लागि आजादले करिब भारतकै भ्रमण गरे भन्दा पनि अतियुक्त्ति नहोला । यस दौरान उनले धेरै विद्यार्थी संगठनहरू, संघसंस्था, र विभिन्न व्यक्तिहरूसँग भेटघाट गरेर तिनिहरूसँग घनिभूत छलफल–बहस गरे ।
यो गोष्ठी भारतमा राष्ट्रियतसिता सम्बन्धित प्रश्नलाई गहिरो गरी बुझ्न, विभिन्न सङ्गठनहरूको राष्ट्रियता सम्बन्धि दृष्टिकोणलाई बुझ्नका साथै राष्ट्रियताका संबन्धमा क्रान्तिकारी दृष्टिकोणलाई बुझाउन सफल रह्यो । राष्ट्रियताको सवालमा राष्ट्रियता सम्बन्धी क्रान्तिकारीहरूको दृष्टिकोणलाई प्रष्ट पार्न र विभिन्न संगठनहरूसँग एकता स्थापित गर्न आजादले महत्वपुर्ण भूमिका निर्वाहा गरे । सन् १९८१ मा आयोजित यो सेमिनारले १९८५ मा गठन भएको अखिल भारतीय क्रान्तिकारी विद्यार्थी महासङ्घ (एआईआरएसएफ) को पृष्ठभूमि सिर्जना गर्याे त्यसैले आजादले अखिल भारतिय क्रान्तिकारी विद्यार्थी महासंघ (एआईआरएसएफ) को गठनमा ठूलो भूमिका खेलेका छन् ।
कर्नाटकको क्रान्तिकारी आन्दोलनको संस्थापक
आन्द्र प्रदेशको विद्यार्थी आन्दोलनले धेरै नेता कार्यकर्ताहरू जन्मायो, जसले देशका विभिन्न भू–भागमा गएर त्यहाँ क्रान्तिकारी झण्डा फहराएका थिए । पार्टी नेतृत्वले सचेततापुर्वक दूरदर्शी ढङ्गले आन्दोलनमा लामबद्ध हुनसक्ने विद्यार्थी, युवा, तथा बुद्धिजिवीहरूको पहिचान गर्यो । उनीहरुलाई मालेमावादी विचार सिद्धान्तद्वारा प्रशिक्षित गरेर देशका विभिन्न भू–भागमा पठायो । यसरी पार्टीको यो तरिकाले क्रान्तिकारी किसान संघर्ष र सहरी आन्दोलनलको विस्तारलाई निकै सहज बनायो । प्रदेशमा क्रान्तिकारी आन्दोलनको आधार तयार गर्न पार्टीको केन्द्रीय समितिले प्रदेश पार्टी आयोजकको रूपमा सन १९८३ मा आजादलाई कर्नाटक राज्य पठायो । कमरेड आजादले त्यही काम सुरु गरे । त्यहाँ उनले उनको सम्पर्कमा रहेका प्रगतिशील र प्रजातान्त्रिक बुद्धिजीवीहरूको बीचमा रहेर पार्टी आन्दोलनको काम सुरु गरे ।
आजादले कर्नाटको ग्रामीण इलाकाको अवस्थाको अध्ययन र त्यहाँ सामन्तविरोधी संघर्षलाई तीव्र पार्ने दृढ संकल्पकाका साथ आफ्ना समर्थक र कमरेडहरूलाई राजनीतिक रूपमा प्रेरित गरे । कमरेड आजादले यस क्षेत्रमा किसान संघर्षलाई तीव्र बनाउनका लागि अथक प्रयास गरे । कर्नाटक विद्यार्थीका बौद्धिक नेताका रूपमा रहेका कामरेड साकेथ राजनले कर्नाटकको इतिहास अध्ययन गरी ‘मेकिङ हिस्ट्री’ नामक पुस्तक लेखे ।
जब आजादले कर्नाटकमा काम सुरु गरे, छिट्टै त्यहाँ पार्टी र जनवर्गीय सङ्गठनहरू बन्न सुरु भए । आजदले साकेन राजन जस्ता विद्यार्थी र बुद्धिजिवीहरूलाई पार्टीमा आकर्षित गरे । उनले विद्यार्थी, महिला, मजदुर, किसान युवा र सांस्कृतिक क्षेत्रमा रहेर काम गरे । त्यहाँ धेरै जनवर्गीय संगठनहरूको निर्माण गरियो । यसरी आजाद अगाडि बढेपछि त्यहाँ पार्टी र क्रान्तिकारी आन्दोलनको विकास प्रक्रिया सुरु भयो । १९८५ सम्मका लागि यो आन्दोलनलाई मार्गदर्शन र नेतृत्व गर्नका लागि प्रदेशस्तरमा एउटा नेतृत्वदलको गठन गरिएको थियो । १९८७ सम्म यो प्रदेश समितिमा विकसित भयो । त्यसपछि आजाद कर्नाटक प्रदेशको पहिलो प्रदेश सचिव बने । कर्नाटकमा राष्ट्रियता सम्बन्धी मुद्धामा सुरु भएको आन्दोलनलाई आजादले समर्थन गर्ने घोषणा गरिसकेपछि त्यसलाई बलियो र जुझारू ढंगले सञ्चालन गर्ने प्रयास गरे । प्रदेश समितिले कर्नाटक कोडागु क्षेत्रमा अलग राज्यको माग गर्दै सुरुभएको आन्दोललाई समर्थम गर्दै दस्तावेज जारी गर्यो ।
कर्नाटकमा पार्टीको जिम्मेवारी भएका बेला आजादले अखिल भारतीय क्रान्तिकारी विद्यार्थी आन्दोलनको निर्माणमा पनि अग्रणी भूमिका निभाएका थिए । उनले अन्य धेरै राज्यको भ्रमण गरे । कर्नाटकमा कार्यरत रहँदा आजादले पार्टीका कमरेड र जनताको हृदयमा ‘उदय’ को रूपमा अमिट छाप छोडे । आजादले कर्नाटकका ग्रामीण इलाकामा क्रान्तिकारी आन्दोलन निर्माण गर्ने उद्देश्यले हैदराबाद–कर्नाटक क्षेत्रमा, अझ विशेष गरी रायचुर जिल्लामा पार्टीको कार्यलाई केन्द्रीत गरे । आजादले कर्नाटको ग्रामीण इलाकाको अवस्थाको अध्ययन र त्यहाँ सामन्तविरोधी संघर्षलाई तीव्र पार्ने दृढ संकल्पकाका साथ आफ्ना समर्थक र कमरेडहरूलाई राजनीतिक रूपमा प्रेरित गरे । कमरेड आजादले यस क्षेत्रमा किसान संघर्षलाई तीव्र बनाउनका लागि अथक प्रयास गरे । कर्नाटक विद्यार्थीका बौद्धिक नेताका रूपमा रहेका कामरेड साकेथ राजनले कर्नाटकको इतिहास अध्ययन गरी ‘मेकिङ हिस्ट्री’ नामक पुस्तक लेखे । तीनै साकेथ राजन कर्नाटक राज्य समितिको सचिवको हैसियतमा पश्चिम घाटको मलनाड क्षेत्रमा सशस्त्र किसान संघर्ष निर्माण गर्ने क्रममा सन् २००५ मा प्रहरीसँगको भिडन्तमा साकेत शहीद भए । उनले लेखेको पुस्तकले कर्नाटक समाजमा ठूलो चर्चा कमाएको छ भने पुस्तकलाई कर्नाटक विश्वविद्यालयहरूको पाठ्यक्रममा समेत समावेश गरिएको छ । आजादले उक्त पुस्तक लेख्दा साकेत राजनलाई विभिन्न तौर तरिकाले सहयोग गरेका थिए ।
कम्युनिष्ट घटसँग एकताका लागि महत्वपूर्ण भूमिकामा आजाद
केन्द्रीय समितिको प्रतिमण्डलको हैसियतमा कमरेड आजादले भारतका क्रान्तिकारीहरू, यहाँका क्रान्तिकारी पार्टी र संगठनहरूसँग एकता गर्नका लागि भगिरथ प्रयास गरे । एकतामा विशेष गरि सन् १९९८ मा तात्कालिन कम्युनिष्ट पार्टी अफ ईन्डिया (माक्र्सवादी–लेनिनवादी) जनयुद्धको धार र कम्युनिष्ट पार्टी अफ इन्डिया (माक्र्सवादी–लेनिनवादी ) पार्टी एकताको धारका बीचमा पार्टी एकीकरण गर्नका लागि आजादले महत्वपूर्ण भूमिका निभाएका थिए । यसपछी भारतका प्रमुख दुई क्रान्तिकारी धाराहरू सीपीआई (एमएल) सँगको ऐतिहासिक एकतामा र २१ सेप्टेम्बर सन् २००४ मा एमसीसी र यसलाई शक्तिशाली वर्तमानमा परिणत गर्न पनि कमरेड आजादको निकै अतुलनीय भूमिका रहेको छ ।
यसअघिका दुई पार्टीबीच विभिन्न चरणमा भएका द्विपक्षीय भेटवार्तामा आजाद सीपीआई (एमएल) जनयुद्धको तर्फबाट प्रतिनिधिमण्डलको सदस्यकारूपमा सहभागी भएका थिए । त्यस भेटवार्ताका क्रममा आजादले आवश्यक दास्तावेजहरूको आदान–प्रदान, अध्यायन, बहस छलफललाई सहिष्णु तरिकाले अगाडि बढाउने, दुई पार्टीको व्यवहारमा रहेका सकारात्मक पक्षलाई संश्लेषण गरी एकीकृत पार्टीको नयाँ दस्तावेजमा समावेश गर्ने आजदले गरेको प्रयास इतिहासमा अविस्मरणीय रहेको छ । उनको यो योगदान भारतीय कम्युनिष्ट आन्दोलनको इतिहासमा सुनौला अक्षरले लेखिनेछ ।
झुट्टा इन्काउन्टरका नाममा आजादको हत्या
भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता चेरुकुरी राजकुमार आजालाई १ जुलाई २०११ मा आन्ध्र प्रदेश प्रहरीले महाराष्ट्र राज्यको सिमानजिक आदिलाबाद जिल्लाको सरकापल्ली नजिक रहेको जोगापुर वनक्षेत्रमा एक झुटो इन्काउन्टरमा हत्या गर्यो । आजाद सगैँ स्वतन्त्र पत्रकार हेमचन्द्र पाण्डे समेतको निकृष्ट ढङ्गले हत्या गरियो ।
भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता चेरुकुरी राजकुमार आजालाई १ जुलाई २०११ मा आन्ध्र प्रदेश प्रहरीले महाराष्ट्र राज्यको सिमानजिक आदिलाबाद जिल्लाको सरकापल्ली नजिक रहेको जोगापुर वनक्षेत्रमा एक झुटो इन्काउन्टरमा हत्या गर्यो । आजाद सगैँ स्वतन्त्र पत्रकार हेमचन्द्र पाण्डे समेतको निकृष्ट ढङ्गले हत्या गरियो । यद्यपि भारतको सर्वाेच्च अदालतले इन्काउन्टर झुटो नभएको फैसला गर्यो । आजादको झुटो इन्काउन्टरको नाममा गरिएको हत्याका विरुद्ध अन्तर्राष्ट्रिय क्रान्तिकारीहरूले विरोध गरे । यसलाई उनिहरूले क्रान्तिकारी जनताको आवाजलाई दवाउन गरिएको हत्या भने । इक्वायडरको कम्युनिष्ट पार्टी रेड सनले एक वक्तव्य जारी गर्दै संसारको वर्ग संघर्षका लागी आजाद एक उदारण थिए भनेको थियो ।
चेरुकुरी राजकुमार आजाद विश्वका सबै क्रान्तिकारीहरूका लागि प्रेरणको स्रोतका रूपमा रहनेछन् । भारतीय मात्रै नभएर संसारको क्रान्तिकारी आन्दोलनको सहिदका रूपमा विश्कम्युनिष्ट आन्दोलनले उनको स्मरण गर्ने छ । विश्वका श्रमजीवी वर्ग, आदिवासी र शोषित उत्पीडित वर्गको मस्तिष्कमा आजाद सदा अमर रहनेछन् ।
भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता आजाद दुस्मनका अगाडी कहिल्यै पनि झुकेनन्, बरु हाँसी–हाँसी बलिदान दिन तयार भए । व्यक्तिगत सुख र सयलको जीवन नरोजेर उनले कठीन जीवन रोजे । जनताको मुक्तीका लागि संघर्ष रोजे । कयौँ पटक आजादले मृत्युलाई नजिकबाट देखे । उनले मृत्युसँग लुकामारी खेले । उनी मृत्युबाट डराएनन्, बरु भारतीय सर्वहारा, शोषित उत्पीडित जनताको मुक्तिको लागि एक खम्बा बनेर उभिए । चेरूकुरी राजकुमार आजाद विश्वका सबै क्रान्तिकारीहरूका लागि प्रेरणको स्रोतका रूपमा रहनेछन् ।
चेरुकुरी राजकुमार आजाद विश्वका सबै क्रान्तिकारीहरूका लागि प्रेरणको स्रोतका रूपमा रहनेछन् । भारतीय मात्रै नभएर संसारको क्रान्तिकारी आन्दोलनको सहिदका रूपमा विश्कम्युनिष्ट आन्दोलनले उनको स्मरण गर्ने छ । विश्वका श्रमजीवी वर्ग, आदिवासी र शोषित उत्पीडित वर्गको मस्तिष्कमा आजाद सदा अमर रहनेछन् ।
भारतीय कम्युष्टि पार्टी (माओवादी) का प्रवक्ता आजादको प्रस्तुत जीवनी भाकपा (माओवादी) को पोलिट्ब्युरोद्धारा पार्टी सदस्यका लागि जारी गरिएको ‘कमरेड आजाद अमर रहनेछन्’ भनेर ब्याण्डेडथट डटकममा भएको चीठ्ठीबाट भावानुवाद गरिएको हो । वीकीपीगिया, मन्थली रिभ्युमा आजादका बारेमा लेखिएका लेखलाई समेत सन्दर्भसामग्रीका रूपमा लगिएको छ : अनुवादक
अनुवादक : उषाकिरण आजाद (आजाद अखिल क्रान्तिकारीका महासचिव हुन् ।)