शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

एसीसी प्रिमियर कप

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसीया कपमा छनोट 

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसीया कपमा छनोट 

यो सँगै नेपालले २०२७ मा बंगलादेशमा हुने एसीया कपमा स्थान बनाएको

शनिबार, भदौ २७ २०८३
शनिबार, भदौ २७ २०८३
  • यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ । 

    मलेसियामा शनिबार भएको फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले उपाधि उचालेको हो । यो सँगै नेपालले २०२७ मा बंगलादेशमा हुने एसीया कपमा स्थान बनाएको छ । 

    पहिला ब्याटिङ गरेको नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएईले ४९.२ ओभरमा अल आउट हुँदै २६८ रन मात्रै बनायो । 

    यूएईका लागि राहुल चोपडाले शतकीय पारी खेले, उनी १०० रनमा नटआउट रहे । शोहैब खानले ५२, तनिश सुरीले ४२ र हरप्रित सिंहले ३३ रन जोडे । 

    बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए । त्यस्तै कप्तान सन्दीप लामिछाने, गुल्सन झा, रोहित कुमार पौडेल र बसिर अहमदले समान एक–एक विकेट लिए । 

    यस अघि नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतीमा ३१३ रनको योगफल तयार गरेको थियो ।  

    नेपालाई बलियो लक्ष्य तर्फ डोहोर्याउन ओपनर आशिफ शेखले उत्कृष्ट शतक प्रहार गरे । १०६ बलेको सामना गरेका आशिफले ४ छक्का र ८ चौकाको मदतमा १०२ रन जोडे । त्यस्तै नेपालका लागि गुल्सन झाले विस्फोटक अर्धशतक प्रहार गरे । 

    गुल्सनले ५२ रन बनाउँदा अर्का ओपनर अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८ र बसिर अहमदले १५ रनको योगदान दिए । 

    बलिङतर्फ यूएईका इबराद अहमदले सर्वाधिक ४ विकेट चट्काएउँदा खुजैना तनविरले २ तथा हैदर अली र आदिव उस्मानीले समान एक–एक विकेट लिए । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार