काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारले गरेको निर्णयसँगै फेसबुक बन्द हुन थालेको छ ।
यस अघि सरकारले पटक–पटक सूचीकरण गर्न समय दिए पनि सामाजिक सञ्जल कम्पनी दर्ता हुन नआएपछि मन्त्रीपरिषद् निर्णयले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।
योसँगै नेपालमा सामाजिक सञ्जाल प्ल्याटफर्म फेसबुक बन्द हुन थालेको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले केहीबेरअघिबाट फेसबुक बन्द गरेको हो ।
अहिले वर्ल्डलिंकको आईपी एड्रेसबाट फेसबुक चल्न छाडेको छ । वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सरकारको निर्देशन अनुसार फेसबुक बन्द गरेको जानकारी दिए ।
अहिले भने फेसबुक बन्द भैसकेको छ ।
