मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

दुर्घटना

पाँचथरमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु, ७ घाइते

पाँचथरमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु, ७ घाइते

पाँच जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ

शनिबार, असोज १८ २०८२
शनिबार, असोज १८ २०८२
  • पाँचथरको कुम्यायक गाउँपालिका– ३ कात्तिकेस्थित तमोर सडक खण्डमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

    कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी दिपक पोखरेलका अनुसार पाँचथरबाट यात्रु बोकेर धरानतर्फ आइरहेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी शनिबार दिउँसो तमोर नदि किरानारामा करिब ४०० मिटर तल खसेको हो । 

    पाँच जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ । मृतकहरुको पहिचान भने हालसम्म नभएको प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार हालसम्म सात जना घाइतेको उद्धार गरिएको छ । उनीहरुमध्ये ६ जना घाइतेलाई एम्बुलेन्समार्फत् धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान पठाइएको छ भने एकलाई फिदिम अस्पताल पाँचथर पठाइएको जनाइएको छ । 

    दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार