मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

पहिरो

इलाममा पहिरोले पुरिएर एकै परिवारका ६ सहित १८ जनाको मृत्यु

इलाममा पहिरोले पुरिएर एकै परिवारका ६ सहित १८ जनाको मृत्यु

घोसगाउँका एकै परिवारका ६ जना पहिरोमा पुरिएर मृत्यु भएको

आइतबार, असोज १९ २०८२
आइतबार, असोज १९ २०८२
  • काठमाडौं । इलामका विभिन्न स्थानमा पहिरोमा परी १८ जनाको मृत्यु भएको छ ।

    जिल्लाको विभिन्न ६ ठाउँमा पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको हो । इलाम गाउँपालिका– ५ घोसगाउँका एकै परिवारका ६ जना पहिरोमा पुरिएर मृत्यु भएको  कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक प्रवक्ता दीपक पोखरेलले बागी पोष्टलाई जानकारी दिए ।

    त्यस्तै माङ्सेबुङ गाउँपालिका– १ पार्टी गाउँमा तीन, देउमाई नगरपालिका– ५ धारेमा एक, देउमाई नगरपालिका धुसेनीमा २, फोकफोकथुम गाउँपालिका– ३ रातामाटेमा एक, सुर्योदय नगरपालिका– १ माने भञ्ज्याङमा मात्रै पहिरोमा परेर पाँच जनाको मृत्यु भएको प्रवक्ता पोखरेलले बताए ।

    नेपाल सेनाको हेलिकप्टर उद्धारको लागि उडिसकेको र नाम्चेबुङ पालिका वडा नम्बर १ मा दुई जना गम्भीर घाइतेको उद्धारको लागि नेपाली सेनाको हेलिकप्टर उद्धारको लागि गएको र थप उद्धार कार्य जारी रहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार