काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको टी– २० सिरिजको उपाधि जितेको छ ।
आज भएको निर्णायक खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो । सिरिजका पाँच मध्ये तीन खेल नेपालले जित्यो ।
आजको अन्तिम खेलमा पहिला ब्याटिङ गरेर मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतीमा पुरा गर्यो । नेपालका लागि रुबी पोद्धारले २६, पूजा महतोले २३ तथा रुविना क्षेत्रीले अविजीत १५ रन प्रहार गरिन ।
टस जितेर पहिला ब्याटिङ गरेको मेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०३ रनको योगफल तयार गरेको थियो ।
