काठमाडौं । सन् २०२५ को शान्तिर्फको नोबेल पुरस्कार भेनेजुयलाकी मारिया कोरिना माचाडोले प्राप्त गरेकी छिन् । द नोबेल पुरस्कार समितिले शान्तिको शाहसीलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरिएको जनाएको छ ।
भेनेजुएलाका जनताको प्रजातान्त्रिक अधिकारलाई बढावा दिने र तानाशाहीबाट लोकतन्त्रमा न्यायपूर्ण र शान्तिपूर्ण संक्रमण हासिल गर्न उनले गरेको संघर्षका लागि मारिया कोरिना माचाडोलाई शान्तितर्फको नोबेल पुरस्कार प्रदान गरिएको नोबल समितिले जनाएको छ ।
भेनेजुएलामा लोकतन्त्र आन्दोलनको नेताको रूपमा, मारिया कोरिना माचाडो हालैका समयमा ल्याटिन अमेरिकामा नागरिक साहसको सबैभन्दा असाधारण उदाहरणहरू मध्ये एक हुन् ।
समितिले २०२५ को नोबल शान्ति पुरस्कार “अँध्यारो बढ्दो समयमा पनि लोकतन्त्रको ज्योति जलाइरहेकी” महिलालाई प्रदान गरिएको उल्लेख गरेको छ।
यो सँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो वर्षको शान्ति तर्फको नोबेल पुरस्कार पाउने सपना चक्नाचाुर बनेको छ । यस अघि ट्रम्पले आफूले शान्ति तर्फको नोबेल पुरस्कार पाउनुपर्ने दाबी गर्दै आएका थिए ।
