मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

नोबेल पुरस्कार 

तीन अनुसन्धानकर्ताले पाए अर्थशास्तर्फको नोबेल पुरस्कार 

तीन अनुसन्धानकर्ताले पाए अर्थशास्तर्फको नोबेल पुरस्कार 

‘नवपवर्तन मार्फत् सञ्चालित आर्थिक वृद्धिको व्याख्या गरेको’ योगदानको लागि सम्मानित

सोमबार, असोज २७ २०८२
सोमबार, असोज २७ २०८२
  • काठमाडौं । यस वर्षको अर्धशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अर्थशास्त्रीलाई प्रदान गरिएको छ । 

    द रोयल स्विडिस एकेडेमी अफ साइन्सले अमेरिकाका दुई र बेलायतका एक अर्थशास्त्रीलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो । 

    अमेरिकाको नर्थवेस्टन युनिर्भसिटीका जोएल मोकिर र ब्राउन युनिर्भसिटीका पिटर होविट र बेलायतको द लण्डन स्कुल अफ इकोनोमिक्सका फिलिप अगिंयोनलाई पुरस्कार दिने निर्णय गरिएको हो । उनीहरुलाई ‘नवपवर्तन मार्फत् सञ्चालित आर्थिक वृद्धिको व्याख्या गरेको’ योगदानको लागि सम्मानित गरेको हो । 

    पुरस्कारको आधा भाग मोकिरलाई प्रविधिगत र प्रविधिमार्फत दिगो आर्थिक वृद्धिका लागि पूर्वशर्त पहिचान गरेको योगदानका लागि दिइनेछ । बाँकी आधा भाग हागिंयो र होविटलाई ‘रचनात्मक विकासबाट दिगो आर्थिक विकासको सिद्धान्त’ विकास गरेको योगदानमा संयुक्त रुपमा दिइनेछ ।

    565320017_1214177600744067_8572188344325333625_n (1).jpg

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार