मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

सुन तस्कारी प्रकरण

पूर्वसभामुख महारविरुद्ध मुद्दा दायर, ८ करोड ५५ लाख बिगो माग

पूर्वसभामुख महारविरुद्ध मुद्दा दायर, ८ करोड ५५ लाख बिगो माग

महरालाई सीआईबीको टोलीले हिजो काठमाडौंबाट पक्राउ गरेको थियो

सोमबार, असोज २७ २०८२
सोमबार, असोज २७ २०८२
  • काठमाडौं । सुन तस्करीहरुसँग मिलेर लाभ लिएको आरोपमा पक्राउ परेका पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध मुद्धा दर्ता भएको छ ।

    उनीविरुद्ध भन्सार छलेको र संगठीत अपराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० अनुसार आज जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा गरेको हो ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयको स्टोरमा नासु रेवन्त खड्का समेतको जिम्मा र संरक्षणमा राखिएको ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन बेचबिखन गरी आपराधिक समूहमार्फत् आपराधिक लाभ लिएको सीआईबीको दाबी छ । उनीविरुद्ध सोही बमोजिमको रकम बिगो माग दाबी गरी मुद्दा दर्ता गरिएको हो ।

    महरालाई सीआईबीको टोलीले हिजो काठमाडौंबाट पक्राउ गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार