काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरु फिर्ता गर्ने तयारी गरेको छ ।
आउँदो मन्त्रीपरिषद् बैठकले ती राजदूतहरु फिर्ता गर्ने तयारी गरेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ साउनमा विभिन्न ११ देशका राजदूत सिफारिस गरेका थिए । ओलीले त्यस अघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिफारिस गरेका ११ जना राजदूतको नाम फिर्ता लिएर नयाँ ११ जना राजदूत नियुक्त गरेका थिए ।
यस अघि राजदूत नियुक्त गर्दा आधा राजनीतिक र आधा कर्मचारी पृष्ठभूमिका मध्येबाट राजदूत नियुक्त गर्ने चलन थियो । वर्तमान सरकारले राजनीतिक कोटाबाट नियुक्त भएका राजदूत फिर्ता गराउने तयारी गरेको हो ।
राजदूत फिर्ता गर्ने तयारी भैरहेको तर कहिलेको मन्त्रीपरिषद् बैठकले फिर्ता बोलाउने भन्ने प्रष्ट भई नसकेको प्रधानमन्त्री कार्की निकट स्रोतले जनाएको छ ।
