काठमाडौं । जेनजी आन्दोलनका क्रममा आपराधिक मानसिकता भएका व्यक्तिहरुका कारण हिंसात्मक बनेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए । ७० औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् ।
“अपराधिक मानसिकताका व्यक्तिहरुले आन्दोलनको आडमा नेपाल सरकार महत्वपूर्ण प्रतिष्ठान, व्यापारिक प्रतिष्ठान, सार्वजनिक सेवा प्रदायक कार्यालयहरु तथा व्यक्तिका निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरी आन्दोलनलाई हिंसात्मक बनाए,” मन्त्री अर्यालले भने ।
त्यस्तै सयौं प्रहरी कार्यालयमा आगजनी भएको उनले बताए ।
उनले भने, “सवारी साधनहरु तोडफोड भए । हातहतियार तथा उपकरणहरुको लुटपाट भयो । प्रहरीमाथि भौतिक आक्रमण पनि भयो तर नेपाल प्रहरी नागरिक स्पंदमा बसेको संगठन हो । भन्ने सत्य पनि हाल नागरिक सहभागीतामा भएको मर्मत र पुर्नःस्थापनाले पुष्टि गरेको छ ।”
