काठमाडौं । हमासको आक्रमणमा परी गाजामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको शव सोमबार नेपाल ल्याइने भएको छ ।
विपिनको शव फ्लाई दुबईमार्फत् भोली काठमाडौं ल्यान लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही विमान सोमबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका रहेको छ ।
विपिनप्रति श्रद्धाञ्जली अपर्ण गर्न प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने तयारी छ । अध्ययनको शिलशिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन सन् २०२३ अक्टोबर ७ तारिखका दिन हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमका क्रममा बन्धक बनाइएका थिए ।
त्यसपछि विपिनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।
