मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

राजनीति

मोहन वैद्यले छाडे नेतृत्व, महासचिवमा  सीपी गजुरेल चयन 

मोहन वैद्यले छाडे नेतृत्व, महासचिवमा  सीपी गजुरेल चयन 

बैठकले वैद्यको राजीनामा स्वीकृतिसँगै पार्टीको नयाँ महासचिवमा सीपी गजुरेल ‘गौरव’ लाई चयन गरेको

आइतबार, कात्तिक ३ २०८२
आइतबार, कात्तिक ३ २०८२
  • काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ ले पदबाट स्वेच्छिक रुपमा राजीनामा दिएका छन् । 

    ८० वर्षका वैद्यले स्वास्थको कारण देखाउँदै स्वेच्छिक रुपमा पार्टीको महासचिव पदबाट राजीनामा दिएका हुन् । वैद्यले राजीनामा दिएसँगै शनिबार साँझ सम्पन्न भएको पार्टीको तेस्रो केन्द्रीय समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको थियो । 

    बैठकले वैद्यको राजीनामा स्वीकृतिसँगै पार्टीको नयाँ महासचिवमा सीपी गजुरेल ‘गौरव’ लाई चयन गरेको हो । वैद्य गत मंसिर २३ गते कीर्तिपुरमा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत रुपमा पार्टीको महासचिवमा चयन भएका थिए । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार