मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

भ्रष्टाचारीलाई कारबाही नगरे अर्काे आन्दोलन गर्ने घाइते जेनजीको चेतावनी

भ्रष्टाचारीलाई कारबाही नगरे अर्काे आन्दोलन गर्ने घाइते जेनजीको चेतावनी

घाइतेहरुको मागसहित चेतावनी सुनेपछि प्रधानमन्त्री कार्कीले भने सरकार जेनजी आन्दोलनको म्याण्डेटभन्दा बाहीर नजाने स्पष्ट पारिन्

मंगलबार, कात्तिक ५ २०८२
मंगलबार, कात्तिक ५ २०८२
  • काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरुले आज अन्तरिम सरकाकी प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा चार घण्टा लामो भएको छलफलका क्रममा जेनजी आन्दोलनका घाइतेहरुले भ्रष्टाचारी र आन्दोलनमा दमन गर्नेहरुलाई कारबाही नगरिए सडकबाटै अर्काे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    जवाफमा प्रधानमन्त्री कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनभन्दा बाहिर नजाने भन्दै धैर्य गर्न आग्रह गरेकी छिन् । छलफलमा घाइते प्रतिनिधिहरुले भने सरकारको कामप्रति असन्तुष्टि जनाउँदै आफ्ना मागहरु पूरा गर्न दबाब दिएका छन् ।

    प्रधानमन्त्रीलाई भेट्न गएको घाइतेहरुको टोलीले आन्दोलनमा गोली चलाउनेलाई कारबाही, संविधान सुधार, भ्रष्टाचारको छानबिन र आन्दोलनको संरक्षण लगायतका मागहरु राखेका छन् । उनीहरुले सरकार चुनावमा मात्र केन्द्रीत रहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

    घाइतेहरुको मागसहित चेतावनी सुनेपछि प्रधानमन्त्री कार्कीले भने सरकार जेनजी आन्दोलनको म्याण्डेटभन्दा बाहीर नजाने स्पष्ट पारिन् । उनले भनिन्, “हामी आन्दोलनको म्याण्डेटभन्दा बाहिर जाँदैनौं । चुनाव पनि हुन्छ, भ्रष्टाचारको पनि अनुसन्धान हुन्छ ।”

    जेनजी आन्दोलनका घाइतेहरुसँगको छलफलमा प्रधानमन्त्री कार्कीसँगै मन्त्रीहरु पनि सहभागी भएका थिए ।

     

    •  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार