काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गएराती सामाजिक सञ्जाल फेसबुकमा अश्लिल शब्द प्रयोग गरी लेखेको स्टाटस जारी गर्दै हटाएपछि उनको हाल आलोचना भैरहेको छ ।
मेयर शाहले गएराती अमेरिका, चिन, भारत र नेपालका राजनीतिक दलहरुलाई अश्लिल गाली गर्दै स्टाटस लेखेका थिए । उनको स्टाटसपछि तीव्र आलोचना भएपछि उनले सामाजिक सञ्जालबाट नै स्टाटस हटाएका थिए । उनले स्टाटस हटाए पनि हाल उनको आलोचना भैरहेको छ भने सामाजिक सञ्जालमा चर्काे बहस पनि सिर्जना गरेको छ ।
बालेनको स्टासकापछि पत्रकार मन्जु कार्कीले भने नयाँ तथ्य खुलाएकी छिन् । मेयर बालेन शाहले गएराती स्टाटस लेख्नु अगाडी भने ललितपुरको एक रेस्टुरेन्टमा बारम्बार मदिरा थपिरहेको देखेको खुलाएकी छिन् ।
हिजो शनिबारको दिन आफू परिवारसहित ललितपुरको एउटा रेस्टुरेन्टमा गएको र त्यहाँ जाँदा बालेन आफ्ना साथिहरुसँग मदिरा थपिरहेको देखेको पत्रकार कार्कीले बताएकी छिन् । शनिबार छुट्टीको दिन होला भनेर धेरै त्यता तिर ध्यान नदिएको तर राती बालेनको पोष्ट देखेपछि दिउँसोको भन्दा झन अवस्था जटिल बनेको उनले बताएकी छिन् ।
उनले लेखेकी छिन्, “हिजो म परिवारका साथ ललितपुरको एउटा रेस्टुरेन्टमा थिए, मलाई बस्न मन पर्ने ठाउ (कौशी) जस्तोमा चार पाँच जना साथीसंग बालेन थिए । हामी भित्र बस्यौ, तर हामी बसिरहेको ठाउबाट उनलाइ देख्न सकिन्थ्यो । उनले बारम्बार मदिरा थपिरहेका थिए । मलाई लाग्यो शनिबार छुट्टीको दिन भएर होला । मैले त्यता धेरै धान दिईन तर राति बालेनको यस्तो पोष्ट देखेपछि मेरो दिउसोको अनुमान भन्दा अवस्था झन जटिल बनेछ ।”
