मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

नेपाल–वेस्ट इन्डिज टी– २० श्रृंखला

कप्तान रोहितको शतकमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको रोमाञ्चक जित

कप्तान रोहितको शतकमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको रोमाञ्चक जित

कप्तान रोहित पौडेलको शतक प्रेरित खेलमा नेपाल २ बल अगावै नेपालले रोमाञ्चक जित हात पारेको हो।

शनिबार, वैशाख १५ २०८१
शनिबार, वैशाख १५ २०८१
  • काठमाडौं । नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले हराएको छ। कप्तान रोहित पौडेलको शतक प्रेरित खेलमा नेपाल २ बल अगावै नेपालले रोमाञ्चक जित हात पारेको हो।

    वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा पूरा ग¥यो । नेपालका कप्तान रोहित कुमार पौडेलले ११२ रन बनाएर आउट भए । त्यस्तै नेपालका दीपेन्द्र सिंह ऐरीले २४ रन, कुशल मल्ल र कुशल भुर्तेलले १६–१६ रन र अनिल साहले ५ रन बनाए। 

    अन्तिम ओभरमा गुल्शन झाले २ चौका प्रहार गरेपछि नेपालको जित सुनिश्चित बनेको थियो। झाले अविजित ९ रन र प्रतिश जिसीले एक चौकासहित ५ रनमा अविजित रहे।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको वेष्टइण्डिज ए ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा २०४ रको योगफल तयार गरेको थियो । वेष्टइण्डिजका कप्तान रोस्टन चेले सर्वाधिक ७४ रनको योगदान दिए । 

    ओपनर एलिक एथानाले ४७, आन्द्रे फ्लेचरले १३ र केसी कार्टीले ३८ रन जोडे । बलिङतर्फ नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १/१ विकेट लिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार