काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनर्स्थापना गर्नुपर्ने बताएका छन् ।
शुक्रबार विद्धवान वर्गसँगको अन्तरसंवाद कार्यक्रमा अध्यक्ष ओलीले कुनै पनि हालतमा संसद पुनर्स्थापना गर्नुपर्ने बताए । वर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी भएको उनको दाबी रहेको छ ।
उनले भने, “विघठित प्रतिनिधिसभा तत्काल पुनर्स्थापना हुनुपर्छ । यो मागलाई तत्काल तीव्र बनाउनु पर्दछ । जसले विघटन गर्यो, उसैले पुनर्स्थापना गर्नुपर्छ, कि त अदालतले गर्छ, होइन भने विघटन गर्ने राष्ट्रपतिले संसद् पुनर्स्थापना गर्नुपर्छ । असंवैधानिक ढंगले विघटन गर्न सक्ने ? पुनर्स्थापना गर्न नसक्ने भन्ने हुन्छ राष्ट्रपतिले ? विघटन गर्ने राष्ट्रपतिले पुनर्स्थापना गर्नु पर्यो ।”
५ दिनमा भ्रष्टाचार अन्त्य गर्छु भन्ने सुशीला कार्की प्रधानमन्त्री भएको २ महिना बितिसक्दा पनि भ्रष्टाचार अन्त्य नभएको भन्दै ओलीले सुशीला कार्कीलाई २ महिनामा कति ५ दिन बिते भन्दै प्रश्न समेत गरेका छन् ।
