मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

निर्वाचन

नयाँ मतदातालाई निर्वाचनमा भाग लिन प्रधानमन्त्री कार्कीको अपिल 

नयाँ मतदातालाई निर्वाचनमा भाग लिन प्रधानमन्त्री कार्कीको अपिल 

आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गर्ने गरेको छ

शुक्रबार, कात्तिक २२ २०८२
शुक्रबार, कात्तिक २२ २०८२
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा  भाग लिने नयाँ मतदातालाई सन्देश प्रवाह गरेकी छन । 

    शुक्रबार प्रधानमन्त्री कार्कीले पहिलो विवेक सही रुपमा प्रयोग गर्न अपिल गरेकी हुन् । प्रधानमन्त्रीको सन्देशमा लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने २ मूलभूत साधन रहेको उल्लेख छ । पहिलो, हामी नागरीकको विवेक त्यो विवेक जसले, सही गर्छ गलत, गर्दैन र गलत गर्न पनि दिदैँन । 

    दोसो, त्यो  विवेकलाई प्रयोग गर्ने  आधिकारिक  साधन अर्थात् मतदाता परीचय पत्र । जेन–जी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यर्थाथको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ हामीले हाम्रो मतदाता परिचय पत्र बनाउनुपर्छ अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छानु्रपर्छ ।

    सन्देशमा प्रधानमन्त्री कार्कीले यी दुई मूलभूत  साधनसंगै आफै सही प्रतिनिधि बन्र सकिने पनि सुझाएकी छन । उनको सन्देशमा भनिएको छ, “विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागरिकाले आफनो मताधिकारको सदुपयोग गरौं । मतासधकारको सदुपयोग गर्न नजिकैको निवाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔं ।”

    सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गर्ने गरेको छ । सरकारले निर्वाचनका लागि कुनै कसर बाकि नराखेको दाबी गरे पनि राजनीतिक दलहरुले सुरक्षाको प्रत्याभूति नभएको आरोप लगाउँदै आएका छन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार