मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

नेपाल ट्रस्ट लिच प्रकरण

पूर्वसचिव लेखबहादुर कार्कीलाई ८ दिन हिरासतमा राख्न अनुमति 

पूर्वसचिव लेखबहादुर कार्कीलाई ८ दिन हिरासतमा राख्न अनुमति 

प्रहरीले सहसचिव कार्कीविरुद्ध ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको

आइतबार, कात्तिक २४ २०८२
आइतबार, कात्तिक २४ २०८२
  • काठमाडौं । नेपाल ट्रस्टका तत्कालीन तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई  ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । 

    आइतबार जिल्ला अदालत काठमाडौंले पूर्वसचिव कार्कीमाथि थप अनुसन्धान गर्नको लागि प्रहरीलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौताबारे अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले शुक्रबार कार्कीलाई चितवनबाट पक्राउ गरेको थियो । 

    ६६ वर्षीय कार्की अवकाशप्राप्त सहसचिव हुन् । उनी चितवनको भरतपुर महानगरपालिका– १५ मा बसोबास गर्दै आएको प्रहरीले जनाएको छ । 

    संस्थानलाई नोक्सान हुने गरी ३० वर्षका लागि जग्गा लिजमा दिइएको आरोपमा प्रहरीले सहसचिव कार्कीविरुद्ध ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार