मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

राजनीति

मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ 

मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ 

राष्ट्रपति पौडेल समक्ष नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त माननीय प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका

मंगलबार, कात्तिक २६ २०८२
मंगलबार, कात्तिक २६ २०८२
  • काठमाडौं । नवनियुक्त मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनियताको शपथ लिएका छन् । 

    मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले कर्णलाई मधेश प्रदेशको प्रमुखमा नियुक्त गर्दै शितल निवासमा आयोजित एक सभामा आज कर्णलाई पद तथा गोपनिताको शपथ गराएका हुन् । 

    राष्‍ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२र०७र२४ गतेको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री सुरेन्द्र लाभ कर्ण, धनुषालाई मिति २०८२र०७र२५ गतेदेखि मधेश प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रमुख प्रदीप कुमार कोइरालाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

    कोइरालाका अनुसार राष्ट्रपति पौडेल समक्ष नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त माननीय प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

    शपथ ग्रहरण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति रहेको थियो । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पद मुक्त गरेर कर्णलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेको थियो । 

    भण्डारीले संविधानविपरित नेकपा एमालेका सरोज कुमार यादवलाई एक होटलमा मुख्यमन्त्रीमा शपथ गराएपछि उनी विवादमा तानिएकी थिइन् । यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेसँगै मधेश प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड समेत भएको थियो । 

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार