मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

बम विस्फोट

पाकिस्तानमा आत्मघाती बम विस्फोटमा १२ जनाको मृत्यु, २७ घाइते 

पाकिस्तानमा आत्मघाती बम विस्फोटमा १२ जनाको मृत्यु, २७ घाइते 

पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले भने भारतद्वारा समर्थन प्राप्त “आतङ्कवादी प्रतिनिधिहरू” हरुले विस्फोट गराएको आरोप

मंगलबार, कात्तिक २६ २०८२
मंगलबार, कात्तिक २६ २०८२
  • काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादमा जिल्ला अदालत भवन बाहिर मंगलबार भएको आत्मघाती बम विस्फोटमा कम्तिमा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

    वर्षौंपछि शहरमा भएको यस्तो पहिलो आक्रमणले धेरै सरकारी कार्यालयहरू रहेको क्षेत्रमा मानिसहरू आतंकित भएर भागेका छन्।

    पाकिस्तानी गृहमन्त्री मोहसिन नक्कीले आत्मघाती आक्रमण गरिएको र उक्त आक्रमणमा परी अहिलेसम्म १२ जनाको मृत्यु भएको र करिब २७ जना घाइते भएको जानकारी दिएका छन् । 

    घटनाको जिम्मेवारी भने हालसम्म कसैले नलिएको र यस विषयमा थप अनुसन्धान भैरहेको गृहमन्त्री नक्कीले बताए । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले भने भारतद्वारा समर्थन प्राप्त “आतङ्कवादी प्रतिनिधिहरू” हरुले विस्फोट गराएको आरोप लगाएका छन् । 

    यता भारतको राजधानी दिल्लीस्थित लाल किल्ला नजिकै सोमबार कार विस्फोट भएको थियो । जसमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार