मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

जेनजी आन्दोलन

निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमणमा रोक लगाउने जाँचबुझ आयोगको निर्णय 

निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमणमा रोक लगाउने जाँचबुझ आयोगको निर्णय 

आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छोड्न नपाउने गरी रोक लगाउने निर्णय भएको

बिहीबार , कात्तिक २८ २०८२
बिहीबार , कात्तिक २८ २०८२
  • काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन घटनाको जाँचबुझका लागि बनेको आयोगले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको छ । 

    आज बसेको बैठकले आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छोड्न नपाउने गरी रोक लगाउने निर्णय भएको आयोगका सदस्य एवम् प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए । खापुङ आजदेखि सेवादेखि निवृत्ति भएपछि नयाँ आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिन्ह लगाएका छन् । 

    नेपाल प्रहरीका महानिरीक्षक खापुङलाई भाद्र २३ र २४ गतेका घटनाको छानबिन तथा जाँचबुझको लागि कुनै पनि समयमा यस आयोगमा उपस्थिति हुनुपर्ने हुँदा आजैदेखि लागू हुने गरी उनको विदेश भ्रमणमा रोक लगाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    Khapung_79iEmyrGCe.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार