मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

एनपीएल

एनपीएल दोस्रो संस्करणको टिकट मूल्य सार्वजनिक 

एनपीएल दोस्रो संस्करणको टिकट मूल्य सार्वजनिक 

प्रतियोगिताको दोस्रो संस्करण मंसिर १ देखि १७ गतेसम्म आयोजना हुने

बिहीबार , कात्तिक २८ २०८२
बिहीबार , कात्तिक २८ २०८२
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका निम्ती टिकट मूल्य सार्वजनिक भएको छ । 

    नेपाल क्रिकेट संघ (क्यान) का अनुसार समर्थकहरुले उद्घाटन खेल हर्नको लागि सामान्यतर्फ ५ सय र प्रिमियरतर्फ १५ सय तिर्नपर्ने हुन्छ । यस्तै, अन्य दिनका खेलमा सामान्यतर्फ ५ सय र प्रिमियरतर्फ एक हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । 

    यसै गरी प्लेअफ र फाइनलका निम्ति भने सामान्यतर्फ नै एक हजार र प्रिमियरतर्फ २ हजार टिकट मूल्य तोकिएको छ । सिजन पासको भने १५ हजार रुपैयाँ तोकिएको छ । खल्ती एपबाट टिकट काट्न सकिने क्यानले जनाएको छ । 

    प्रतियोगिताको दोस्रो संस्करण मंसिर १ देखि १७ गतेसम्म आयोजना हुने तालिका छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार