मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

जेनजी अजय सोडारी

यही कार्तिक २९ गते बल्खुमा जेन्जीले बिरोध सभा गर्दै

यही कार्तिक २९ गते बल्खुमा जेन्जीले बिरोध सभा गर्दै

जेन्जीका माग सशक्त ढंगले अगाडि बढाउने नेता अजय सोडारीको उद्घोष

शुक्रबार, कात्तिक २९ २०८२
शुक्रबार, कात्तिक २९ २०८२
  • काठमाडौं । जेन्जीहरूले यही कार्तिक २९ गते दिउसो ठिक २ बजे बल्खुमा प्रदर्शन एवम्  सभा गर्ने भएका छन् । 

    जेनजीहरूका मागलाई सशक्त ढंगले अगाडि बढाउन जेनजीहरूले प्रथम जेनजी सभा एवम् प्रदर्शन गर्ने भएको जेनजीका केन्द्रीय नेता अजय सोडारीले बताएका छन् । 

    उनले भाद्र २३ र २४ मा भएको जेनजी बिद्रोहका मागहरूलाई सशक्त ढंगले अगाडी बढाउन र ती मागहरूलाई संस्थागत गर्नका लागि यो प्रदर्शन सहित सभा गर्न लागिएको  बताएका छन् ।

    सोडारीले कार्तिक २९ गते सनिबार २ बजे बल्खुमा हुने बिरोध सभामा उपस्थित हुनका लागि सम्पुर्ण जेन्जी र जनसमुदाय समक्ष अपिल समेत गरेका छन् । 

    जेन्जीका नेता अजय सोडारीले शुक्रबार साँझ फेसबूकम एक भिडियो सन्देश राख्दै जेन्जीका मागहरू अलपत्र पारिएको दावी गर्दै आफुहरूले उठाउन लागेकाले बल्खुमा हुने सभमा उपस्थित हुन  अनुरोध गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार