काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेल आजदेखि सुरु हुँदैछ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार अपरान्ह्र ४ बजे सुरु हुने उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडू गोर्खाजले प्रतिस्पर्धा गर्नेछन् । एनपीएल दोस्रो सिजनका सबै खेल त्रिविस्थित क्रिकेट मैदानमा नै हुनेछन् ।
लिगका ९ खेल दिउँसो र २३ खेल डे–नाइटमा हुने क्यानले जनाएको छ । मंसिर २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् ।
एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, काठमाडु गोर्खाज, लुम्बिनी लायन्स र वीराटनगर किंग्स गरी आट फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको सम्मपूर्ण तयारी पूरा भैसकेको छ । क्रिकेट रंगशालामा प्रथम चरणमा निर्मित प्याराफिट र फ्लटलाइट सरकारले नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण गरेसँगै परीक्षण सम्पन्न भैसकेको छ ।
रंगशालामा ६ वटा फ्लडलाइट र १० हजार क्षमताको प्याराफिट निर्माण गरिएको छ । क्यानले एनपीएलबाट ३०–४० करोड रुपैयाँ आम्दानी हुने अपेक्षा गरेको छ ।
