मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

एनपीएल

एनपीएलको उद्घाटन खेलमा साविक विजेता जनकपुरलाई काठमाण्डूले हरायो

एनपीएलको उद्घाटन खेलमा साविक विजेता जनकपुरलाई काठमाण्डूले हरायो

१३१ रनको लक्ष्य पछ्याएको काठमाण्डू गोर्खाजले १२ बल बाँकी छदै लक्ष्य पूरा गर्यो

सोमबार, मंसिर २ २०८२
सोमबार, मंसिर २ २०८२
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा काठमाण्डू गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको छ । 

    त्रिवि क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा पहिला ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १३० रनको योगफल तयार गरेको थियो । 

    १३१ रनको लक्ष्य पछ्याएको काठमाण्डू गोर्खाजले १२ बल बाँकी छदै लक्ष्य पूरा गर्यो । ब्याटिङतर्फ काठमाण्डू गोर्खाजका बिजी चाल्सवर्थले सर्वाधिक ४६ रनको योगदान दिए । २३ बलको सामना गरेका उनले ५ चौका र ३ छक्काको मदतमा ४६ रन जोडेका हुन् । 

    त्यस्तै आकाश त्रिपाठीले त्रिपाठीले ३९ र मिलिन्दा कुमारले १८ रन जोडे । बलिङतर्फ जनकपुर बोल्ट्सका जान निकोल लोफ्टी(इटन, ललित नारायाण राजवंशी र सञ्जय कृष्णमुर्तीले समान एक–एक विकेट लिए । 

    पहिला ब्याटिङ गरेको जनकपुरका लागि ओपनर आशिफ शेखले उत्कृष्ट अर्धशतक प्रहार गरेका थिए । ४१ बलको सामना गरेका आशिफले ५४ रन बनाए । लाहिरु मिलान्थाले ७ रन जोडेका थिए । 

    बलिङतर्फ काठमाण्डूका करण केसी, शाहव आलम र सन्तोष यादवले समान एक–एक विकेट लिएका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार