मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सुरक्षा/अपराध

दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ

प्रसाईंले देशै ठप्प पार्ने भन्दै उग्र अभिव्यक्ति दिइरहेकोमा सुरक्षा संयन्त्रले उनलाई ‘नोटिस’ मा राखेको

मंगलबार, मंसिर ३ २०८२
मंगलबार, मंसिर ३ २०८२
  • काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

    उनलाई भक्तपुरस्थित निवासबाट सोमबार मध्यराति पक्राउ गरी काठमाडौं प्रहरी परिसर भद्रकालीमा नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । 

    आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा चिनाउने दुर्गा प्रसाईंले ७ मंसिरदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेका थिए । 

    यसका लागि प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानको ब्यानरमा राजनीतिक गतिविधि गर्दै आएका छन् । प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ ।

    आन्दोलनको तयारीमा रहेका उनी पक्राउ परेका हुन् । प्रसाईंले देशै ठप्प पार्ने भन्दै उग्र अभिव्यक्ति दिइरहेकोमा सुरक्षा संयन्त्रले उनलाई ‘नोटिस’ मा राखेको थियो । 

    प्रसाईंका समर्थकले मंगलबार बिहानदेखि पक्राउको विरोधमा प्रदर्शन गर्नसक्ने अनुमान सुरक्षा सतर्कता अपनाउने तयारी गरेको हो । प्रसाईं यस अघि दुई पटक साइबर कसूर सम्बन्धी र चैत्र १५ को घटनाका मुख्य प्रतिवादी हुन् । उनी ती वटै मुद्दामा धरौटीमा रिहा भएका थिए । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार