काठमाडौं । पितृ उद्धारको कामना गर्दै शपुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको घुइचो लागेको छ ।
मंगलबार राती पितृका नाममा बात्ति बालेर आजबीहान उनीहरुले शतबीज छरेका हुन् । प्रत्येक वर्ष मार्गशिष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथ आउने गर्छन् ।
आफ्नो परिवार भित्रका दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गोरीघाट, आर्यघाट, पशुपति, मृगस्थली, विश्वरुप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गर्दछन् ।
दिवंगत पितृका नाममा शिवालय तथा शिवधाममा जौँ, धान, गहुँ, कालो तिल, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालुका टुक्रा र फलफूल शतबीजका रुपमा छर्ने प्रचलन छ ।
