मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

मधेश प्रदेशसभा

मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

सभामुखको विपक्षमा अर्थात् पद अनुसार आचरण नगरेका पक्षमा ७६ जना प्रदेश सभा सदस्यले मतदान गरेका

बुधबार, मंसिर ४ २०८२
बुधबार, मंसिर ४ २०८२
  • जनकपुरधाम ।  मधेश प्रदेशको सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन्। बुधबार बसेको प्रदेश  सभा बैठकमा उनीमाथि लगाइएको पद अनुसार आचरण नगरेको प्रस्ताव दुई तिहाइले पारित भएको हो । 

    सभामुखको विपक्षमा अर्थात् पद अनुसार आचरण नगरेका पक्षमा ७६ जना प्रदेश सभा सदस्यले मतदान गरेका थिए उनको विपक्षमा भने सुन्ने मत परेको छ। सभामुख मण्डल भन्ने आज बैठकमा अनुपस्थित रहेका छन्। हाल मधेश प्रदेश सभामा १०४ जना प्रदेश सभा सदस्य छन् जसको दुई तिहाई ७२ मत हुन्छ।

    गएको कार्तिक २७ गते उनीमाथि सात  दलका ६४ जना प्रदेश सभा सदस्यले पद अनुसार आचरण नगरेको प्रस्ताव दर्ता गराएका थिए । सभामुखको विपक्षमा कांग्रेस, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका रहेका थिए । एमाले र राप्रपा  र नेपाल संघीय समाजवादीका सांसद अनुपस्थित रहेका थिए । 

    यसअघि प्रदेश सभा सदस्यको पहिलो कार्यकालमा पनि मण्डलले पद गुमाएका थिए । पहिलो कार्यकालमा उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। त्यसपछि उनी माओवादीमा नफर्किएर एमाले गएको कारण साढे तीन वर्षमा पदमुक्त भएका थिए। 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार