काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको चितवनले दिएको २४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका लागि गुल्बादीन नइबले नटआउट सर्वाधिक ४४ रनको योगदान दिए ।
त्यस्तै कप्तान रोहित कुमार पौडेलले ३९ र सन्दीप जोराले २८ रन बनाए । बलिङमा चितवनका रिजन ढकालले २ र सोहिल तन्विरले एक विकेट लिए ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १४२ रनको योगफल तयार गरेको थियो । चितवनका लागि रवि बोपाराले अर्धशतक पूरा गरेका थिए । उनले ६५ रनको योगदान दिए ।
त्यस्तै कुशल मल्ले २१, सैफ जैब १५ र दीपक बोहोराले १० रन जोडे । बलिङमा लुम्बिनीका रुवेन ट्रम्पेल्मेनले सर्वाधिक ३ विकेट लिए । अभिषेश गौतम र गुल्बादिन नइबले दुईदुई विकेट लिए ।
