मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सुरक्षा/अपराध

विराटनगरमा एमाले नेता महेश बस्नेतमाथि आक्रमण प्रयास 

विराटनगरमा एमाले नेता महेश बस्नेतमाथि आक्रमण प्रयास 

बस्नेतसहित नेताहरु चढेको गाडीमा दुई जेनजी युवाहरुले रातो मसी छ्यापेका

आइतबार, मंसिर ८ २०८२
आइतबार, मंसिर ८ २०८२
  • काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ । 

    राष्ट्रिय युवा संघ नेपाल, कोशी प्रदेशको जागरण सभा तथा जेनजी पुस्तासँग अन्तर–संवाद कार्यक्रमका लागि सुनसरी तर्फ जाँदै गर्दा नेता बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको हो । 

    बस्नेतसहित नेताहरु चढेको गाडीमा दुई जेनजी युवाहरुले रातो मसी छ्यापेका छन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भैरहेको जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार