मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

एनपीएल

सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णाली ४५ रनले पराजित

सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णाली ४५ रनले पराजित

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए

सोमबार, मंसिर ९ २०८२
सोमबार, मंसिर ९ २०८२
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ । 

    त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली याक्सविरुद्ध ४५ रनको जित निकाल्दै सुदूरपश्चिमले लगातार तेस्रो जिन निलेको हो । 

    सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याएको कर्णालीले १९।२ ओभर अलआउट हुँदै ९४ रनमात्र बनाउन सक्यो। कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाए। त्यस्तै मार्क वाटले १७, कप्तान सोमपाल कामीले १४ र गुल्शन झाले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। 

    बलिङतर्फ सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै हर्मित सिंह र अविनाश बोहोराले समान २–२ विकेट लिए भने स्कटले एक विकेट लिए । 

    यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १३९ रनको योगफल तयार गरेको थियो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रले सर्वाधिक ३९ रन बनाए । 

    त्यस्तै आरिफ शेखले २७, हर्मित सिंहले १९ र क्रिस लेनले १८ रन बनाए । बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । नन्दन यादवले २ विकेट लिँदा मार्क वाट, विपीन शर्मा र युवराज खत्रीले समान एक–एक विकेट लिए । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार