मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

एमसीएको कार्यालयमा विप्लवका नेता

चार लेनको बाटो बनाइदिन भन्दै विप्लवका नेता पुगे एमसीएको कार्यालयमा

चार लेनको बाटो बनाइदिन भन्दै विप्लवका नेता पुगे एमसीएको कार्यालयमा

तर नेकपाले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा भने शाहीको नाम केन्द्रीय समितिमा भने परेको थिएन् । 

मंगलबार, मंसिर १० २०८२
मंगलबार, मंसिर १० २०८२
  • काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता प्रकाश शाही आयोजना माग गर्दै एमसीएको कार्यालयमा पुगेका छन् । 

    दाङको देउखुरी क्षेत्रमा प्रस्तावित धानखोला लमही सडकखण्ड चार लेनको बनाई दिनुपर्ने भन्दै नेता प्रकाश शाही सहितले एमसीए को कार्यालयमा पत्र बुझाएका हुन् । शाही विप्लव नेकपाका केन्द्रीय समदस्य हुन् । तर नेकपाले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा भने शाहीको नाम केन्द्रीय समितिमा भने परेको थिएन् । 

    केही समय अघि विप्लव नेतृत्वको नेकपा एमसीसी नेपालमा आवश्यक नभएको भन्दै विरोध गर्दै आइरहेको थियो । तर रोचक के छ भने अहिले विप्लव नेकपाका नेता शाहीले नै एमसीएको कार्यालयमा पत्र बुझाएर नै बाटो बनाइदिन भन्दै आग्रह गरेका हुन् । शाहीले बुझाएको ज्ञापनपत्रमा एमसीए नेपालले हाल उक्त सडक खण्डलाई २ लेनको रुपमा अगाडी बढाउन खोजेको भन्दै एमसीए कार्यालयलाई सडक खण्ड ४ लेनको बनाउनु पर्ने भन्दै आग्रह गरेका हुन् । 

    उनले एमसिएको कार्यालयलाई सडकखण्ड २ लेनको बनाए आफूहरुले विरोध गर्ने भन्दै ४ लेनको नै बनाइदिन आग्रह गरेका छन् । हाल विप्लव नेतृत्वको नेकपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने भन्दै निर्वाचन आयोगमा दल दर्ता समेत गरेको छ । 

    पार्टी निर्वाचनमा जाने भएसँगै गाउँमा नेताहरुले आफ्नो क्षेत्रतिर सरकारी निकायसँग योजना माग गर्दै निवेदन दिइरहेका छन् । उनीहरुले यसरी प्रचार प्रसार गरेर आफूहरु निर्वाचन जाने र त्यसका लागि जनतालाई आफुहरुले योजना पारेको भनेर झुटो प्रचारबाजी गर्ने नयाँ शैली अपनाएको बुझिएको छ । 

    स्मरण रहोस यस अघि विप्लव नेकपाले निर्वाचन बहिष्कार भन्दै तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुलाई बम समेत प्रहार गरेको थियो । 

    1931dd04-852c-47e1-b78a-300d635686ec.jfif

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार