मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

एनपीएल

पोखरालाई पराजित गर्दै लुम्बिनीको दोस्रो जित 

पोखरालाई पराजित गर्दै लुम्बिनीको दोस्रो जित 

पोखराले लगातार तेस्रो हारको ब्यहोरेको

शनिबार, मंसिर १४ २०८२
शनिबार, मंसिर १४ २०८२
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स ३ विकेटले विजयी भएको छ । 

    पोखराले दिएको १५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ७ विकेटको क्षतीमा ३ बल बाँकी छदै लक्ष्य पूरा गर्यो । लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेले सर्वाधिक ४० रनको योगदान दिए । 

    निरोधन डिक्वेलाले ३७ रन बनाउँदा सन्दीप जोरा २५ रनमा नटआउट रहे भने गुल्बदिन नाइबले १७ रन बनाए । त्यस्तै रुवेन ट्रम्पल्इन १७ रनमा अविजित रहे । बलिङतर्फ पोखराका लागि म्याट टेयलर, विपीन खत्री र सागर ढकालले समान २–२ विकेट लिए भने जिम्मी निशले एक विकेट लिए । 

    यो सँगै लुम्बिनीले लगतार तेस्रो हारपछि जित निकालेको छ भने पोखराले लगातार तेस्रो हारको ब्यहोरेको छ । 

    यस अघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा १५० रनको योगफ तयार गरेको थियो । पोखराका लागि ओपनर एडम वासिङटन र जिम्मी निशमले उत्कृष्ट ब्याटिङ गरे ।

    एडमले ६३ बलमा ८१ रनको अर्धशतकीय इनिङ खेले, ३३ रनमा ४ विकेट गुमाएको पोखरालाई एडम र निशमले प्रतिस्पर्धात्मक लक्ष्यतर्फ अगाडी बढाए । ३२ बलको सामना गरेका जिम्मीले ५१ रनमा अविजीत रहे । दिनेश खरेलले ७ बनाउँदा कप्तान कुशल भुर्तेल डक आउट भए भने सुमित वर्मा ० र तिर्थ दास १ रनमा आउट भए ।

    बलिङतर्फ लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले समान २–२ विकेट लिए भने गुल्ददीन नाइवले १ विकेट लिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार