काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्ण प्रसाद यादव नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यस अघिका मुख्यमन्त्री सरोज कुमार यादवलाई सर्वाेच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो । उनले विश्वासको मत नपाउने भएपछि पदबाट राजीनामा दिएका थिए ।
यादवले राजीनमा दिएसँगै प्रदेशप्रमुख कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । यादव नेपाली कांग्रेसबाट पहिलो पटक र मधेश प्रदेशको छैटौं मुख्यमन्त्री बनेका हुन् ।

