मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

एनपीएल

सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरले लगयो ब्रेक, फाइनल पुग्न पनि यी दुई टोली नै भिड्ने

सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरले लगयो ब्रेक, फाइनल पुग्न पनि यी दुई टोली नै भिड्ने

सुदूरपश्चिम र विराटनगरबीच आउने मंगलबार पहिलो क्वालिफायर हुनेछ । यस खेलको विजेता सिधै फाइनल पुग्नेछ

शनिबार, मंसिर २१ २०८२
शनिबार, मंसिर २१ २०८२
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अपराजित रहँदै प्लेअफमा पुगेको सुदूरपश्चिम रोयल्सलाई विराटनगर किंग्सले ब्रेक लगाएको छ । 

    आज त्रिवि क्रिके मैदानमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा ४ विकेटको क्षतीमा लक्ष्य पूरा गर्यो । यो जितमा विराटनगरका ओपनरद्धय फाफ डु प्लेसिस र साम हिजटेलले आक्रामक अर्धशतक प्रहार गरे । 

    सामले सर्वाधिक ५१  र डु प्लेसिसले ५० रन बनाए भने मार्टिन गप्टीलले २२ र प्रतिशक जिसी १३ रनमा अविजित रहे । 

    बलिङतर्फ सुदूरपश्चिमका अविनाश बोहोराले २ र अर्मित सिंहले एक विकेट लिए । यस अघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले  निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १४७ रनको योगफल बनाएको थियो।

    सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४५ रनको योगदान दिए भने कप्तान दिपेन्द्र सिंह ऐरीले १९ रन बनाए । त्यस्तै ईशान पाण्डेले ३८ रन जोडे भने जोन ब्राउनले २४ र विनोद भण्डारीले १५ रन बनाए ।

    बलिङतर्फ विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने प्रतिश जिसीले २ र बसिर अहमदले एक विकेट लिए । 

    यो जितसँगै अब एनपीएल दोस्रो सिजनको प्लेअफको समिकरण पनि पूरा भएको छ । सुदूरपश्चिम र विराटनगरबीच आउने मंगलबार पहिलो क्वालिफायर हुनेछ । यस खेलको विजेता सिधै फाइनल पुग्नेछ । यस्तै काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच एलिमिनेटर बुधबार हुनेछ । यस खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित टोली बाहिरिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार