मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

शहीद घोषणा

सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

२०८१ चैत्र १५ गते काठमाडौंस्थित तीनकुनेमा राजवादी प्रदर्शनकारीहरुले एक घरमा आगो लगाउँदा पत्रकार रजकको उक्त आगलामीमा परि मृत्यु भएको थियो । 

सोमबार, मंसिर २३ २०८२
सोमबार, मंसिर २३ २०८२
  • काठमाडौं । सरकारले गत चैत्र १५ गते तीनकुनेमा राजावादीहरुको हिंसात्मक आन्दोलनमा आगलागीमा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । 

    आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । 

    २०८१ चैत्र १५ गते काठमाडौंस्थित तीनकुनेमा राजवादी प्रदर्शनकारीहरुले एक घरमा आगो लगाउँदा पत्रकार रजकको उक्त आगलामीमा परि मृत्यु भएको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार