काठमाडौं । नवनियुक्त चारजना मन्त्रीहरूले शपथ लिएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले चौथोपटक मन्त्रीमण्डल विस्तार गरी राष्ट्रपति समक्ष सिफारिस गरेका चार जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले चार जनालाई मन्त्रीमा पदमा नियुक्त गरेका थिए ।
नवनियुक्त मन्त्रीहरुले आज शीतल निवासमा आयोजित कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ ग्रहण लिएका हुन् ।
भूमी व्यवस्था तथा सहकारी विकास मन्त्रीमा कुमार इङ्नाम, श्रममा राजेन्द्रसिंह भण्डारी, वनमा माधव चम्लागाई र महिला मन्त्रीमा श्रद्धा श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले यो सँगै चार पटक मन्त्रीपरिषद् विस्तार गरेकी हुन् ।
