काठमाडौं । चीनले नेपालसँग भिसा शुल्क नलिने भएको छ ।
चीनले २०२४ मे १ (बैशाख १९) गतेदेखि नेपालबाट चीन जाने नेपालीहरुसँग भिसा शुल्क नलिने निर्णय गरेको हो ।
काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । एक्सप्रेस शुल्क र सेवा शुल्क भने लिइने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
नेपालले चिनियाँ पर्यकट आकर्षक गर्ने उद्देश्यले केही वर्ष अघि चिनियाँ पर्यटकसँग भिसा शुल्क नलिने निर्णय गरेको थियो ।
