मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

एमालेको ११ औँ महाधिवेशन

म ढुक्कले भन्न सक्छु, एमाले अजम्बरी छ : केपी ओली 

म ढुक्कले भन्न सक्छु, एमाले अजम्बरी छ : केपी ओली 

धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै आज भक्तपुरमा ठूलो जनसागर उर्लिएको अध्यक्ष ओलीको भनाई

शनिबार, मंसिर २८ २०८२
शनिबार, मंसिर २८ २०८२
  • काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई देशको निर्णायक शक्ति बनाउने संकल्पका साथ अघि बढेको बताएका छन् । 

    शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले अजम्बरी रहेको दाबी गरे । तीन महिला अघि भएको जेनजी आन्दोलनको स्मरण गर्दै ओलीले देश युद्धभूमी जस्तै जलेको बताए । 

    उनले भने, “जतिबेला देश युद्धभीमी जस्तै जलिरहेको थियो । आतताहीबाट जलाइएको थियो । जतिबेला संविधान, लोकतन्त्र र यसका आधार स्तम्भ राजनीतिक दलमाथि भिषण हमला गरिएको थियो । एउटा भास्य निर्माण गर्ने कोशिस भइरहेको थियो । पुराना पार्टी सकिए, पुराना नेताका दिन गए र नेकपा एमालेको सान्दिर्भिकता समाप्त भयो ।”

    धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै आज भक्तपुरमा ठूलो जनसागर उर्लिएको अध्यक्ष ओलीको भनाई रहेको छ । 

    “प्रत्येक प्रहारलाई चिर्दै जुन यो जनसागर यहाँ ओर्लीएको छ । म ढुक्कले भन्न सक्छु । लोकतन्त्र अझै छ, नेकपा (एमाले) अजम्बरी छ,” ओलीले भने । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार