मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

११ औं महाधिवेशन

भोट हाल्न बिहानैदेखि लाइनमा बसेका एमालेका केही प्रतिनिधि भए बेहोस

भोट हाल्न बिहानैदेखि लाइनमा बसेका एमालेका केही प्रतिनिधि भए बेहोस

आज बिहानैदेखी भृकुटीमण्डपमा लाइनमा बसेका केही प्रतिनिधिहरु बेहोस भएका

बुधबार, पुस २ २०८२
बुधबार, पुस २ २०८२
  • काठमाडौं । नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया चलिरहेको छ । 

    नेतृत्व चयनका लागि मतदान गर्ने क्रममा आज बिहानैदेखी भृकुटीमण्डपमा लाइनमा बसेका केही प्रतिनिधिहरु बेहोस भएका छन्। मतदानका क्रममा भएको  ढिलाईबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही मतदाता बेहोस हुने हुने अवस्था आएको जानकारी दिए । 

    मतदान गर्न लामो समय लागेकाले तीन चार जना बेहोस भएको थाहा पाएको गौतमले बताए । बेहोस भएका प्रतिनिधिहरूको नाम नखुलाएका गौतमले धेरै समय उभिन नपरोस् भनेर टोकन बाँड्न थालिएको जानकारी दिए । 

    लाइनमा बसेका र नबसेका प्रतिनिधिहरूलाई टोकन बाँडिएको र त्यही आधारमा भोट गर्न पाउने बताइएको छ। 

    गौतमका अनुसार भोट हाल्न २० देखि २५ मिनेट समय लाग्ने अनुमान गरिएकोमा  धेरै समय लागेका कारणले गर्दा मतदानमा ढिलाई भएको हो। मतदान प्रक्रिया भने आज रातभरि जारी हुने भएको छ । 

    जारी महाधिवेशनमा १९ जना पदाधिकारी र ३०१ केन्द्रीय कमिटीका लागि मतदान भइरहेको छ। भोट हाल्ने मतदाता २२६३ जना छन् भने ६२२ जना उम्मेदवार रहेका छन्। 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार