मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

११ औँ महाधिवेशन

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक र महासचिवमा शंकर पोखरेल विजयी

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक र महासचिवमा शंकर पोखरेल विजयी

बिहीबार , पुस ३ २०८२
बिहीबार , पुस ३ २०८२
  • काठमाडौं ।  नेकपा (एमाले) को ११ औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । 

    प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै ओलीले तेस्रोपटक अध्यक्षमा बाजी मारेका हुन् ।

    ओलीले १६६३ भोट ल्याएर अध्यक्ष जित्दा पोखरेल ५६४  मा रोकिए । दुईजनाबीचको फरक १०९९ मत रहेको छ ।

    त्यस्तै महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी छ ।

    नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेलले १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् । पोख्रेल लगातार दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

    यसपटक ओलीसँग ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार