शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

जेनजी आन्दोलन

सर्वपक्षीय सरकारको मागसहित जेनजी समूहहरुद्धारा आन्दोलनको घोषणा

सर्वपक्षीय सरकारको मागसहित जेनजी समूहहरुद्धारा आन्दोलनको घोषणा

सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलनको तयारी गरेको र त्यसका लागि सबै जेनजी समूहहरू एकताबद्ध भइसकेको

आइतबार, पुस ६ २०८२
आइतबार, पुस ६ २०८२
  • काठमाडौं । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले भोलिदेखि देशव्यापी रुपमा सर्वपक्षीय सरकार गठनको मागसहित आन्दोलनको घोषणा गरेको छ ।

    आइतबार ढुङ्गानाले पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेन्जी अभियन्ता, घाइते, तथा सहिद परिवारलाई समेटेर लैजाने योजनासहित सोमबार संयुक्त रूपमा जेनजी आन्दोलन गर्ने घोषणा गरेको जानकारी दिए ।

    मिराज नेतृत्वको समूहसँगै अन्य ३० भन्दा बढी जेनजी समूहहरू आन्दोलनमा सहभागी हुने जनाइएको छ। अभियन्ता ढुङ्गानाले आन्दोलन शान्तिपूर्ण रुपमा माइतीघरबाट बिहान ११ बजे सुरु हुने बताएका छन् ।

    उनले भने, “आन्दोलन शान्तिपूर्ण रुपमा हुनेछ । सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ ।” प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनको मर्म बुझ्न नसकेकाले सरकारको विकल्प आवश्यक रहेको ढुङ्गानाको भनाइ रहेको छ।

    सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलनको तयारी गरेको र त्यसका लागि सबै जेनजी समूहहरू एकताबद्ध भइसकेको उनले बताए ।

    सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गत भदौ २२ र २३ गते भएको जनेजी आन्दोलनको जगमा गठन भएको थियो । कार्कीको नेतृत्वमा गठन भएको सरकारले जेनजीहरुका माग नै बेवास्ता गरेको भनेर जेनजीहरुले नै यो सरकार परिवर्तन गरेर सर्वपक्षीय सरकारको माग राखेर भोलीदेखि आन्दोलन चर्काउने तयारी गरेका हुन् ।

     

    •  

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार