मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

प्रधानमन्त्री कार्कीले भनिन् : आजै छोड, भोली छोड भनेर गालीगलौज गरिरहेका छन्, छौडौं भने के छौडौं...

प्रधानमन्त्री कार्कीले भनिन् : आजै छोड, भोली छोड भनेर गालीगलौज गरिरहेका छन्, छौडौं भने के छौडौं...

आफूहरुलाई कही जाँदा पनि सुख नहरने अवस्था रहेको भन्दै प्रधानमन्त्री कार्कीले मुलुक बंगलादेश जस्तो नहोस् भन्ने सुरमा आफूहरु रहेको बताइन् । 

बिहीबार , पुस १० २०८२
बिहीबार , पुस १० २०८२
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरुले नै आफुलाई पद छोड्न दबाब दिइरहेको बताएकी छिन् । 

    बिहिवार काठमाडौंमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले राजनीतिक दल र जेनजीका प्रतिनिधिहरुले नै आफूलाई दिनदिनै सरकार छोड भनेर गालीगलौज गर्ने गरेको बताएकी हुन् । 

    सबै तिरबाट गाली आएको भनेर दिग्दारी व्यक्त गर्दै कार्कीले आफूहरुको बारेमा पनि कथा लेख्न सुझाइन् । कतै जाँदा पनि सुख नहुने अवस्थामा आफूहरु रहेको प्रधानमन्त्री कार्कीको भनाई रहेको छ । 

    उनले भनिन्, “हामी अचानो जस्तो पो रहेछौं । राजनीतिक दलले पनि गाली गर्छन । मारले गाली गर्छ । अहिले छोड, भोली छोड भन्छन् । जेनजीले पनि आजै छोड, भोली छोड, पर्सी छोड भन्छन् । छोडौं भने के छोडौं, छोडेको भोलीपल्ट थुक्क पालो त दिएको थियो नि तिमीहरुलाई एउटा, तिमिहरुको औकात त छोडेर हिड्ने न रहेछ के गर्यौं भन्ने भाष्य आउँछ ।”

    आफूहरुलाई कही जाँदा पनि सुख नहरने अवस्था रहेको भन्दै प्रधानमन्त्री कार्कीले मुलुक बंगलादेश जस्तो नहोस् भन्ने सुरमा आफूहरु रहेको बताइन् । 

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको थियो । अहिले कार्कीले जनेजीहरुको माग अनुसार काम गर्न नसकेको भन्दै जेनजीका प्रतिनिधि र राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री कार्कीको राजीनामा माग गरिरहेका छन् भने केही जेनजी अगुवाहरुले आन्दोलन सुरु गरिसकेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार