मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

रास्वपाको प्रस्ताव उज्यालो नेपाल पार्टीले गर्यो अस्वीकार

रास्वपाको प्रस्ताव उज्यालो नेपाल पार्टीले गर्यो अस्वीकार

शनिबार, पुस १२ २०८२
शनिबार, पुस १२ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको नेतृत्व प्रस्तावलाई उज्यालो नेपाल पार्टीले अस्वीकार गरेको छ। 

    प्रस्तावअनुसार रास्वपाले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सार्ने योजना प्रस्तुत गरेको थियो। 

    उक्त प्रस्तावबारे संरक्षकसमेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङले बैठकमा ब्रिफिङ गरेका थिए। ब्रिफिङपछि उज्यालो नेपाल पार्टीले रास्वपाको प्रस्तावमा अघि बढ्न नसकिने निष्कर्ष निकाल्दै प्रस्ताव अस्वीकार गरेको छ।

    बैठक स्रोतका अनुसार, पार्टीको नाम  र चुनाव चिन्हमा रास्वपाको प्रस्तावमा उज्यालो पार्टीले फरक मत राखेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार