मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

जेनजी आन्दोलन

चुनावी प्रक्रिया रोक्न माग गर्दै जेनजीहरूले गरे निर्वाचन आयोगमा नाराबाजी

चुनावी प्रक्रिया रोक्न माग गर्दै जेनजीहरूले गरे निर्वाचन आयोगमा नाराबाजी

सोमबार, पुस १४ २०८२
सोमबार, पुस १४ २०८२
  • काठमाडौं । जेनजी युवाहरूले निर्वाचन आयोगको कार्यालयमा गएर नाराबाजी गरेका छन्।

    आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन थियो। आज निर्वाचन आयोगमा पुगेका युवाहरूले जेनजीका माग पूरा गर्न माग गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् । 

    आयोगमा नाराबाजीमा उत्रिएका युवाहरुले निर्वाचन धोका हो, पहिला निकास अनि निर्वाचन, जेनजीका माग पूरा गर लगातका नारा लगाएर विरोध गरेका थिए । 

    नाराबाजी गर्नेहरुमा केही समय अगाडी जेनजी र सरकारबीच भएको १० बुँदे सम्झौतापत्र सिंहदरबारमा नै च्यातेका अजय सोडारीसहितका जेनजी युवाहरु रहेका छन् ।

    जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारले अहिले आएर जेनजीका मागहरु बेवास्ता गरेको भन्दै जेनजीहरुले विरोध जनाउँदै आएका छन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार