काठमाडौं । पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ।
पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा नेकपा (एमाले) का नेता समेत रहेका पूर्वमन्त्री गुप्तालाई विशेष अदालतले थुनामा पठाउन आदेश दिएको हो।
विशेष अदालतका न्यायाधीश सुदर्शन देव भट्ट, दिल्ली रत्न श्रेष्ठ र बिदुर कोइरालाको इजलासले गुप्तालाई थुनामा पठाउन आदेश दिएको हो ।
तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपियाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री गुप्ता र पूर्वमन्त्री रन्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्य सुविधा प्रदान गर्नका लागि २५ लाख रुपियाँ घुस लिएको अभियोग लगाएको थियो ।
